शुक्रबार, बैशाख ७, २०८१

जनता नै सबै शक्तिका स्रोत : प्रधानमन्त्री कोइराला

नेपालगन्ज श्रावण ४, नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव सङ्कलन गर्न आज नेपालगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले जनता नै सबै शक्तिका स्रोत हुन् भन्ने मान्यतालाई स्विकार गर्दै संविधान जारी  गरिने बताउनुभएको छ ।

त्यस्तै सम्बोधनको क्रममा प्रम कोइरालाले सङ्घीयताका विषयमा गरिएका यावत शङ्का आफैमा भ्रमपूर्ण भएको भन्दै संविधान निर्माण भएपछि मुलुक नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नु भएको छ । साथै उहाँले मुलुकमा लोकतान्त्रिक संविधान जारी गर्ने यो महाअभियानमा सम्पूर्ण नेपाली जनताको सहयोग आवश्यक रहेकोमा विशेष जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसअघि प्रम कोईरालाले नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँगको सङ्क्षिप्त कुराकानीमा प्रधानमन्त्री कोइरालाले सबैको सहमतिबाटै संविधान जारी हुने र केही नमिलेका विषयमा छलफलबाटै मिलाइने बताउनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु