शुक्रबार, बैशाख ७, २०८१

छिट्टै संविधान निर्माण हुने उपप्रधानमन्त्री सिंहको विश्वास

काठमाडौ आषाढ २१, उपप्रधान मन्त्री प्रकाशमान सिंहले संविधानको प्रारम्भिक मस्यौदा निर्माण भएर छलफल सुरु भएकाले अब छिट्टै संविधान निर्माण हुने  विश्वास व्यक्त व्यक्त गर्नु भएको छ ।
नेपाल सरकार सहरी विकास मन्त्रालय काठमाडौँ विकास प्राधिकरणले नन्दीकेशर बगैँचाको व्यवस्थापन सामुदायिक सेवा केन्द्रलाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रम सिंहले यस्तो विस्वास व्यक्त गर्नु भएको हो ।

त्यस्तै कार्यक्रममा सहरी विकास मन्त्री डा नारायण खड्काले संविधानको प्रारम्भिक मस्यौदा आएका कारण अब जनताको चाहनाअनुसारको संविधान निर्माण हुने पक्षलाई कसैले पनि राक्न नसक्ने बताउँनु भएको उक्त कर्यक्रममा मुख्यसचिव लीलामणि पौड्याल ,सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ लगायतका वक्ताले बोल्नु भएकोे थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु