शनिबार, बैशाख ८, २०८१

चर्चामा रहेका भन्दा फरक प्रारुपमा क्रसर उद्योगीलाई मुख्य सचिव बनाउने तयारी

  काठमाडौ श्रावण १४,  आगामी श्रावण २३ गतेदेखि मुख्य सचिव लीलामणी पौडेलले अवकास पाउने भएपछि एक साता अगावै अर्थात आगामी आईतबारदेखि पौडेल विदामा बस्ने तयारी गरिरहेका छन् । मुख्य सचिव पौडेलको अवकाश पश्चात नयाँ मुख्य सचिव को हुने भन्ने चर्चा र बहशको विषय बन्न थालेको छ । मुख्य सचिवका लागि सरकारमा रहेका दुई दलहरुवीच प्रतिष्पर्धा नै चलेको छ । नेपाली कांग्रेसले biswa prakas panditस्थानीय विकास मन्त्रालयका सोमलाल सुवेदीलाई र नेकपा एमालेले उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनाललाई मुख्य सचिवको रोजाईमा राखेको छ । वरियताक्रम अनुसार सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव श्रीधर गौतम लाई मुख्य सचिव बनाउनु पर्ने भएपनि उनलाई नबनाएपछि मुख्य सचिवको प्रमुख दावेदार खनाल र सुवेदी नै हुन् । तर वरियताका क्रममा पहिलो भएका श्रीधर गौतमलाई पनि मुख्य सचिव नबनाई प्रधानमन्त्री शुसिल कोइरालालाई विवादमा तान्न कांग्रेस कै केही हस्तिहरु गोप्य रुपमा लागेका छन् ।

कोइरालालाई विवादमा ल्याउने अरु कुनै उपाय नभएपनि मुख्य ती काँग्रेका हस्ति मानिएका केही नेताहरु शिक्षा मन्त्रालयका सचिव विश्व प्रकाश पण्डितलाई कनिष्ठ भएपनि मुख्य सचिव बनाउने धुनमा लागेका छन् । अहिलेसम्म विवादमा नमुछिएका प्रधानमन्त्री सुशिल कोइरालालाई बेला बेला विवादमा आउने क्रसर व्यापारी तथा हाउजिङ्ग एवं रियल स्टेट सञ्चालक समेत रहेका व्यापारी सचिवका रुपमा चिनिएका विश्व प्रकाश पण्डितलाई मुख्य सचिव बनाउने षडयन्त्र गर्��� थालिएको छ । दुई दिन अगाडिसम्म स्थानीय विकास मन्त्रालयका सोमलाल सुवेदीलाई मुख्य सचिव बनाउनु पर्दछ भन्ने कांग्रेसीहरु सुवेदीसँग आर्थिक लेनदेनमा गडबढ भएपछि व्यापारी विश्व प्रकाश पण्डितलाई नै मुख्य सचिव बनाउनु पर्दछ भन्दै बालुवाटारमा दवाव दिन थालेका छन् । अर्को तिर केही समय पछाडि सरकार परिवर्तन हुने र सरकारको नेतृत्व एमालले लिने भएपछि सरकारको सदस्य सचिव मानिने मुख्य सचिवमा एमाले निकट मानिएका जयमुकुन्द खनाललाई नै मुख्य सचिव बनाउनु पर्ने अडान एमाले नेताहरुले लिएका छन् ।

मुख्य सचिव र पुर्ननिर्माण प्राधिकरणको कार्यकारी दुवै पद कसरी हत्याउन सकिन्छ भन्नेमा अर्थमन्त्री डा. रामशरण महत लागि परेका छन् । रामशरण महतको रोजाईमा परेका सोमलाल सुवेदीको पिपलपाते व्यवहार र स्थानीय विकास मन्त्रालयमा नै कांग्रेसी कार्यकर्ताहरुको काम नगरेको, विगतमा पनि कमिशनको चक्करमा गोलबन्द भई अनगिन्ती गल्तीका कारण उनलाई कुनै हालतमा पनि मुख्य सचिव बनाउने नहुने अडान कांग्रेसी नेताहरुले राखेपछि सुवेदीको विकल्पमा रुपमा विश्व प्रकाश पण्डितलाई अगाडि सारिएको छ ।

प्रधानमन्त्रीले कनिष्ट सचिवमात्र नभई सिराहा, मकवानपुर, कास्की लगायत विभिन्न जिल्लामा क्रसर उद्योग सञ्चालन गरिरहेका रियल स्टेटका व्यापारी सचिव विश्व प्रकाश पण्डितलाई मुख्य सचिव बनाएर विवादमा पर्नु भन्दा प्राधिकरणको कार्यकारी प्रमुख आफ्नो भागमा राखेर एमाले निकट मानिएका जयमुकुन्द खनाललाई नै मुख्य सचिव बनाउँदा उपयुक्त हुने लविङ्ग कांग्रेसका कही शीर्षस्थ नेताहरुले बालवाटारमा गरिरहेको समेत बालुवाटार स्रोतले बताएको छ । एमालेको भागमा मुख्य सचिव दिएर प्राधिकरणको कार्यकारी कांग्रेसले राख्नु पर्ने अडान पनि केही नेताहरुले गरिरहेका छन् । तर क्रसर उद्योग र रियल स्टेटको व्यापारी पृष्ठभूमिमा रहेका विश्व प्रकाशलाई मुख्य सचिव बनाइए प्रधानमन्त्री मात्र होइन कांग्रेस नै विवादित मुछिने तर्क उनीहरुले प्रधानमन्त्रीलाई दिईरहेका छन् ।