शुक्रबार, चैत्र १६, २०८०

चपली हाईटकी बिनिताको घर भुँईचालोले भत्काएपछि ..

देबेन्द्र केसी,नयाँ दिल्ली आषाढ ३१, चर्चित नेपाली फिल्म चपली हाईटमा कामुक दृश्य दिएर एकाएक चर्चामा आएकी सिने अभिनेत्री बिनिता बरालको घर लोकदोहोरी सम्म आईपुग्दा भुँईचालोले भत्काएको छ । तर रियलमा चाँहि हैन नि बिनिताको घर भुकम्पले भत्काएको १ हालै बजारमा सार्वजनिक भएको  लोकदोहोरी एल्बम भुँईचालोले भत्काएनि बोलको शिर्ष गितमा बिनिता भुकम्पको प्रकोपमा परि घरबार बिहिन भएकि हुन । नवोदित युवा कलाकारद्वय टिका सुबेदी र टिका पौडेलको लगानी तथा स्वर रहेको उक्त एल्बममा  न भुँईचालो  पैर्होले छुन्छ ,दिलको घरमा मायाको बास हुन्छ ,आजकल मेरो बसोबास पाटी भित्र छ ,भुँईचालो ले भत्काएनि म बसेको घर माया बस्ने घर मेरो छाति भित्र छ  भन्दै आँसू पुछ्दैको  कलाकार अर्जुन खड्काको बाहुपासमा बिनिता रुँदा त यस्तो लाग्छकी भुकम्प ले बिनिताको माया बाहेक सबै खोसेर लगिदियो ।

बसन्त थापाको शब्द तथा लय श्रृजना रहेको उक्त एल्बम लाई  बाँसुरी म्यूजिकूले बजारमा ल्याएको छ । नसकेनि धनको धर किन्न म , मनको घरलाई भत्किन दिन्न म,  भन्दै कलाकार ले गत बैसाख मा नेपाल मा आएको बिनाशकारी महाभुकम्प पछि भएको नेपाल को अबस्थाको चित्रण गरेका छन त्यो पनि मायाप्रेम को मसलामा मोलेर । निर्देशक देबेन्द्र राज पाण्डेले भुकम्पले खण्डहर बनाएको स्पटमा गजबले फिल्माएका छन एल्बम

लाई। महिला स्वरमा चर्चित लोकदोहोरी गायिका पुर्णकला बासीले आवाज दिएsL  छिन । भर्खरै प्रोमो सार्वजनिक भएको छ । अब छिट्टै नै पुरा गित युट्युब मार्फत सार्वजनिक गर्छौ  टेलीफोन बार्तामा टिका पौडेल ले भने ।  पहिलो कोसेली रुप मा आएको एल्बम सत्यरामा रामू लाई हजुर हरु ले निकै माया गर्नु भयो त्यसको लागि सबै नेपाली दाजुभाई , दिदिबहिनी हरु लाई धन्यवाद भन्दै यो गितले पनि सबैको मायामाया। पाउने अपेक्षा गरेको छु ” मनकोआफ्नो मनको कुरा सुनाउदै टिका सुबेदी ले भने । अरु दाबी जस्को जे भएपनि बिनिताको अलग अवतार लाई भने दर्शक हरुले कुन रुप मा लिने हुन त्यो हेर्न बाँकी छ।