शनिबार, बैशाख ८, २०८१

कारागारबाट फरार तामाङ प्रहरी नियन्त्रणमा

काठमाडौ अषाढ १९, वैशाख १२ गतेको भूकम्पको समयमा जिल्ला कारागार सिन्धुपाल्चोक कारागारबाट फरार भएका काभ्रे तिमाल–९ घर भएका सन्की भन्ने रावणजीत तामाङलाई पक्राउ गरेको छ ।
sucideविशेष सूचनाको आधारमा राजधानीको सुन्धरास्थित वेवीलोन डिस्कोबाट तामाङलाई शनिबार बिहान पौने २ बजे प्रहरीले पक्राउ गरेका हो । प्रहरीका अनुसार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सन्की तामाङलाई नियन्त्रणमा लिन खोज्दा निजका साथीहरुले अवरोध खडा गरी प्रहरी टोलीमाथि हुलहुज्जत एवम् हातपातसमेत गरेर भगाएपछि प्रहरीले बाध्य भएर गोली हान्दा तामाङको बायाँ खुट्टामा गोली ढले पछि पक्राउ गरिएको थाहा भएको छ ।

त्यसै घाइते तामाङलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लैजानुका साथै यस सम्बन्धमा अन्य आवश्यक अनुसन्धान गरिरहेको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललाई उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ ।