बिहिबार, बैशाख १३, २०८१

काँग्रेस संसदीय दलको बैठकमा मस्यौदालगायतका विषयमा मन्थन

images  काठमाडौ आषाढ १७,  नेपाली काँग्रेस संसदीय दलको संविधानसभा भवन नयाँबानेश्वरमा आज भएको बैठकमा संविधानसभामा प्रस्तुत नयाँ संविधानको प्रारम्भिक मस्यौदालगायतका विषयमा छलफल भएको संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै उक्त समाचारमा बैठकमा प्रदेशको नामाङ्कन, सीमाङ्कन, समावेशीतालगायतका विषयमा सभासद्हरुले धारण राख्ने क्रम सुरु भएको जनाउँदै सचेतक श्रेष्ठले बैठकमा प्रधानमन्त्री एवम् काँग्रेसका सभापति सुशील कोइरालाको सभापतित्वमा बसेको बैठकमा उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायतको सहभागिता रहेको उल्लेख गर्दै आजको बैठकमा सभासद् विमलेन्द्र सभासद् सुजाता कोइरालाले आमाको नामबाट नागरिकता पाउने कुरालाई सुनिश्चित गरिनुपर्ने बताउनुभयो । सभासद् शेखर कोइरालाले संविधानले सबै क्षेत्रलाई समेट्नुपर्ने धारणा राख्नुभएको बताउँनु भएको छ ।