शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसका उज्जवल नक्षत्र डंगोलको निधन ,आज अन्तिम संस्कार गरिदै

काठमाडौं ���्रावण २,  काठमाडौं महानगरपालिका वडा न १२ का पूर्व वडा अध्यक्ष एवम् काठमाडौं काँग्रेसका उज्जवल नक्षत्र चक्रमान डंगोलको ५८ वर्षको उमेरमा शुक्रवार निधन भएको छ ।
dongolस्थानीय राजनितीको अवाला ज्यापु संस्कृति विकास कोषका अध्यक्ष सहित तथा अन्य विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशील डंगोल पछिल्लो समया रेडियो उपत्यका मार्फत सञ्चारजगतमा समेत क्रियाशील रहदै आउँनु भएको थियो । किसान नेता समेत रहेका डंगोल केहि समय यता  किड्नी रोगको समस्याबाट पिडित हुनुहुँन्थ्यो र उपचारको क्रममा उहाँको निधन भएको थाहा भएको छ ।

 स्व डंगोलकाको पार्थिव शरीरलाई आज जातीय परम्परा अनुसार अहिले ११ बजे पचलीघाटमा  विशेष श्रद्धाञ्जली दिदै अन्तेष्टि गरिने पूर्व राज्यमन्त्री तिर्थराम डंगोलंले जानकारी दिनु भएको छ ।

त्यस्तै  उहाँले   श्रद्धाञ्जलीका लागि डंगोलको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंह , सभासद नविन्द्रराज जोशी सहित विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु पचलीघाट टेकुदोभान आउँदै गरेको जानकारी दिनु भएको छ ।

डंगोलका श्रीमती एक छोरा र एक छोरी रहेका छन् । यसैक्रममा  www.kantipurhotline.com कोतर्फबाट  मृतआत्माको चीर शान्तिको कामना सहित   श्रद्धा सुमन अर्पण गर्दछौं ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु