बुधबार, बैशाख १२, २०८१

एमाओवादी संसदीय दलको बैठकमा पार्टी नेतृत्वको तिव्र आलोचना

काठमाडौ आषाढ १८, एमाओवादीको संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको बैठकमा सभासद्हरूले पार्टी नेतृत्वको विगतको सहमति र सम्झौता विपरीत सत्तारुढ दलसँग सहमति गरेको भन्दै सभासद्हरूले तिव्र आलोचना गरेका छन् ।
images (1)बैठकमा संसदीय दलका नेता एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विगतको सहमति र सम्झौताको अडानमा बस्दै गर्दा विगतका उपलब्धिसमेत गुम्ने खतरा बढेकाले आफूहरू सम्झौता गर्न बाध्य भएको भन्दै सभासदहरुको आक्रोशलाई शान्त पार्ने प्रयास गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठ, दलका उपनेता टोपबहादुर रायमाझी र प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संविधान लेखन प्रक्रियामा पार्टीका तर्फबाट अवलम्बन गरिने नीति तथा कार्यक्रमका बारेमा बैठकमा जानकारी गराउँदै समयानुकल पार्टीले भूमिका पनर्वाह गर्दै जाने बताउँनु भएको समाचारमा उल्लेख गरिएको छ ।