शुक्रबार, बैशाख १४, २०८१

एमाओवादीका अध्यक्ष प्रचण्ड, पत्रकार महासंघ भारत शाखाका प्रतिनिधीमण्डलवीच विशेष साक्षात्कार

काठमाडौं श्रावण ३, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला भारत भ्रमणमा छन् । दिल्लीमा रहँदा उनले नेपाल पत्रकार  महासंघ भारत शाखाका प्रतिनिधीमण्डलसंग विशेष साक्षात्कार गर्नु भएको थियो ।  त्यसो त अध्यक्ष प्रचण्डले भारतीय पत्रिका आउट लुकलाई अन्र्तवार्ता दिने क्रममा नेपालको पछिल्लो राजनीतिक अवस्था र भारतसँगको सम्बन्धबारे चर्चासमेत गरेका थिए ।

त्यस्तै अन्र्तवार्ताका् क्रममा एमाओवादीका अध्यक्ष प्रचण्डले नेपालमा क्रिश्चियनको संख्या बढ्नु आफ्ना लागि चिन्ताको विषय हुँदै गएको तर नेपाल धर्मनिरपेक्ष देश रहोस् भन्ने मै हाम्रो सम्पूर्ण कोशिस रहने छ भन्दै आफूहरु संसदीय अभ्यासको विरुद्ध रहेको जस्ता अभिव्यक्ति दिनु भएको प्रसंग यसअघिनै सार्वजनिक भईसकेका छन ।