शुक्रबार, चैत्र १६, २०८०

उपत्यकालाई राष्ट्रिय राजधानी सहरको रुपमा विकास गरिने

काठमाडौ आषाढ ३०, उपत्यकालाई ‘राष्ट्रिय राजधानी सहर’ का रुपमा विकास गरिने भएको छ । आगामी आवको बजेटमा काठमाडौँ उपत्यकाको एकीकृत विकासका लागि तयार पारिएको गुरु योजनामा काठमाडौँ उपत्यकाको विकासलाई प्याकेजका रुपमा अगाडि बढाइने उल्लेख   गरिएको  हो ।   यसका लागि सरकारले उपत्यकामा पर्याप्त खुला स्थानको व्यवस्था गर्न प्रति २५ हजार जनसङ्ख्याका लागि एक खुला स्थानको व्यवस्था गरिने र यसका लागि व्यक्तिगत जग्गा समेत खरिद गरिने बजेट वक्तव्यमा   उल्लेख गरिएको   छ ।

वागतमी नदीको सुन्दरीजलदेखि–सुन्दरीघाटसम्मको ढल निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गरिने र वाग्मती सफाइ अभियानलाई संस्थागत गर्दै काठमाडौँ उपत्यकाको सभ्यताका रुपमा रहेका विष्णुमती, रुद्रमती, मनोहरा, हनुमन्ते र नख्खु खोलालगायत नदी ढल तथा फोहोरमुक्त बनाइने उल्लेख छ । त्यस्तै नगरपालिकाहरूसँगको सहकार्यमा काठमाडौँ उपत्यकामा आधारभूत उपयोग स्तरका ४०० सार्वजनिक शौचालय निर्माण सुरु गरिने र सार्वजनिक शौचालय निर्माण गर्न निजी क्षेत्रलाई समेत सहभागी गराइने छ ।