शुक्रबार, बैशाख १४, २०८१

इन्द्रमायाको देशमा प्रकाशित

अर्जुन खनाल आषढ १८/  कवि तथा कथाकार एल। बी । क्षेत्रीको नयाँ कथा संग्रह इन्द्रमायाको देशमा प्रकाशित भएको छ । नेपाली जनजीवनका बिबिध पाटाहरुलाई  मौलिक तथा कलात्मक ढंगबाट प्रस्तुत गरिएको उक्त कथासंग्रहमा बाइसवटा कथाहरु समावेस छन् ।

unnamedचितवनलाई आधार मानेर साहित्य सिर्जना गर्ने साहित्यकार क्षेत्रीका त्रिशंकुको देशमा ( लघुकथा संग्रह, २०६४) भीडमा हराएको मान्छे (कविता संग्रह,२०७१ )लगायत कृतिहरु प्रकाशित भइसकेका छन् ।

चितवनमा कविडांडाको स्थापना गरेर साहित्यिक कार्यक्रमहरु आयोजना गरिरहने एल . वी क्षेत्री चरैवेती साहित्यिक त्रैमासिकको सम्पादक र प्रकाशक हुनुहुन्छ ।बरिष्ठ समालोचक डा । गोविन्दराज भट्टराइले इन्द्रमायाको देशबारे भन्नुहुन्छ – यसको भाषा अति सुन्दर, धेरै अलंकृत होइन, तर पात्रको परिस्थति अनुसार सबैतिर सलल बग्ने सरल र परिष्कृत छ । त्यस्तै बरिष्ठ समालोचक डा । लक्ष्मण गौतमले भन्नुहुन्छ – इन्द्रमायाको देशमा नामक कृतिमा लेखक कथाकार र लघुकथाकार दुवै रुपमा उपस्थित भएका छन् । इन्द्रमायाको देशमा चरैवेती प्रकाशन चितवनले प्रकाशित गरेको हो ।