बिहिबार, चैत्र १५, २०८०

आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै

  देशमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गर्दै जनतालाई समृद्ध बनाउन प्रेरणा प्रदान गरोस:  प्रम कोइराला

काठमाडौ श्रावण ३, मुस्लिम समूदायले आज आफ्नो महत्वपूर्ण पर्व इद उल फित्र मनाउँदैछ । यो पर्व एकमहिने रमादान पर्वअर्थात (रोजा) 1406615380idddब्रत पूरा भएको खुसियालीमा मनाउँने गरिन्छ ।   हुनत रोजा ब्रतको समयसिमा sushil_koiralaशनिवारनै सकिएको भएपनि आज एकआपसमा शुभकामना आदान प्रदान गर्दै दीनदुःखी र असहायको सहयोग गर्दै यो पर्व मनाउँदै गरेको बुझिएको छ ।

आजको दिन एक आपसमा खुसियाली साट्दै आर्थिक क्षमता भएका मुसलमानले आफ्नो कमाइको साढे दुई प्रतिशत रकम गरिब, असहाय र दीनदुःखीलाई बाँड्नुपर्ने व्यवस्था रहिआएको छ । सरकारले इद उल् फित्रका अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

यसैवीच इद उल् फित्रका अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले इस्लाम धर्मावलम्बीहरूको पावन पर्व इद उल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुसलमान समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज प्रधानमन्त्री सुशील कोइरालाले दिनु भएको शुभकामना सन्देशमा जाति, धर्म, संस्कृति, भेषभूषा र भाषिक विविधता भएका नागरिकहरूको बसोबासले नै नेपाल रमणीय बनेको बताउँदै हरेक नेपालीमा रहेको सहिष्णुता, सहयोगी भावना र भातृत्वको भावले विविधता रहेका जात–जाति, धर्म, भाषा र सम्प्रदायका नागरिकहरूका बीचमा सद्भाव कायम भएको उल्लेख गर्नुभएको छ ।