शुक्रबार, चैत्र १६, २०८०

आगामी बुधबार सरकारको नीति तथा कार्यक्रम आउने

  काठमाडौ अषाढ १९, प्रधानमन्त्री सुशील कोईराला नेतृत्वको सरकारले आर्थिक वर्ष २०७२÷७३ को सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्को timthumb_आगामी बुधबारको बैठकमा प्रस्तुत गर्ने भएको छ ।

व्यवस्थापिका संसद्को आजको बैठकमा सभामुख सुवास नेम्वाङले आगामी आर्थिक वर्षका लागि सो दिन अपराह्न ३ बजे राष्ट्रपति डा रामवरण यादवबाट चालू अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (सम्बोधन) हुनेसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको हो ।