शनिबार, बैशाख ८, २०८१

अर्बौं रुपैयाँ ठगी गर्ने युनिटीका निर्देशकद्दय पक्राउ

काठमाडौ श्रावण १५, युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका नाममा अर्बौं रुपैयाँ ठगी गर्ने सो संस्थाका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र unnamedतालिम निर्देशक कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरि आज महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । रेड कर्नर नोटिससमेत जारी भएका उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले आज बिहान नेपाल–भारत सीमा नजिकै कञ्चनपुरको महेन्द्रनगर, गड्डाचौकीबाट पक्राउ गरेको हो ।

उनीहरुले नेपाल राष्ट्र बैंक तथा डिभिजन सहकारी संस्थासँग स्वीकृति नै नलिई निक्षेप सङ्कलनसम्बन्धी वित्तीय कारोबार गरेको तथा विभिन्न जिल्लाका तीन लाख ६६ हजार ३४२ जनाबाट झूठो आश्वासन दिई रु तीन अर्ब ७९ करोड ९८ लाख ७० हजार १०३ उठाई फरार रहेका   थिए ।