शनिबार, बैशाख ८, २०८१

अध्यक्ष कर्णमाथि कालोमोसो हामीले दलेको हो : इन्जिनियरिङ कलेज इकाइ समिति

भक्तपुर आषाढ ३०,  नेविसङ्घ सङ्घका अध्यक्ष एवम सभासद रञ्जित कर्णलाई कालोमोसो दलेको घटनाको जिम्मेवारी नेविसङ्घ नेपाल इन्जिनियरिङ कलेज 1 इकाइ समितिले लिएको छ ।  आज रफत सञ्चार क्लब भक्तपुरमा पत्रकार सम्मेलन गर्दै इकाइ समितिले लामो समयदेखि विधानविपरीतका कार्य नगर्न अनुरोध गर्दै आए पनि अध्यक्ष कर्णले नमानेकाले बाध्य भएर निवासमै पुगेर कालोमोसो दलेको दाबी गरेको हो ।

पत्रकार सम्मेलन विज्ञप्तिमा पछि जारी इकाइ सचिव अशिष श्रेष्ठले अध्यक्ष कर्णले पैसा लिएर सदस्य नियुक्त गर्ने, ५० हजारभन्दा बढी रकम लिएर क्याम्पस इकाइ अध्यक्ष बनाउने र जिल्ला अध्यक्षको मूल्य एक लाख र केन्द्रीय सदस्य बन्न रु तीन लाखसम्म लिएको आरोप लगाउँदै विधानविपरीत गएर आर्थिक चलखेल गर्दै मनपरि गरेकाले बाध्य भएर कालोमोसो दलेको उल्लेख गरिएको छ ।