शनिबार, बैशाख ८, २०८१

अध्यक्ष ओलीले भने- जनसुझावको आधारमा मस्यौदा पमिार्जित हुन्छ

१६ बुँदेको विरोध गर्नुको कुनै औचित्य छैन 

काठमाडौं श्रावण ९, रिपोर्टर्स क्लब नेपालले विहीवार संविधानको प्रारम्भिक मस्यौदामा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख हुनुपर्ने माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक मस्यौदामा अपेक्षा गरेभन्दा उत्साहपूर्ण रुपमा सुझाव Khadak-Oliआएको र प्राप्त सुझावको आधारमा संविधानको मस्यौदामा दलीय सहमतिमा आवश्यकता अनुरुप हेरफेर गरिने बताउनुभएको छ । त्यस्तै अध्यक्ष ओलीले चारदलवीच भएको १६ बुँदेले नै दलहरूलाई सहमतिमा ल्याउँदै संविधान निर्माणको बाटो खोलेको बताउँदै यस विचमा १६ बुँदे सहमतिको विरोध गर्नुको कुनै औचित्य नभएको उहाँले त्यस अवसरमा जिकिर गर्नु भएको थियो ।

त्यस्तै उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएकोले लोकतान्त्रिक आन्दोलनमा प्रेसले भूमिका खेलेको भए पनि नभएपनि प्रेस स्वतन्त्रत हुनै पर्ने तर्क गर्दै पूर्ण शब्द नराख्दा पनि त्यसले पूर्ण प्रेस स्वतन्त्रताकै अर्थ राख्ने धारणा राखे । ओलीले भने –स्वतन्त्रता भनेको पूर्ण हो, अपूर्ण हुँदैन। पूर्ण नलेखेको अपूर्ण , आशिंक वा नियन्त्रित गर्न होईन । पूर्ण प्रेस स्वतन्त्रता लेख्दा मेरो कुनै आपत्ति छैन । अझै म त पूर्णको ठाँउमा भरिपूर्ण वा अतिभरिपूर्ण लेख्नु पर्छ भन्ने मान्यता राख्छु ।

साथै मस्यौदमा धार्मिक स्वतन्त्रताका सवालमा धर्मनिरपेक्ष भन्ने शब्दावली उपयुक्त नभएको बताउँदै त्यसमा परिमार्जन गर्न सकिने उल्लेख गर्दै उहाँले पूर्वराजा र उनका समर्थकप्रति लक्ष्य गर्दै ओलीले भन्नुभयो —“दुलोभित्रबाट साँपहरू मुन्टो बाहिर ल्याएर दाउ हेर्दैछन् तर उनीहरूको इच्छा पूरा नहुँने र प्रत्यक्ष निर्वाचित कार्यकारी, सङ्घीयतामा कति प्रदेश हुने भन्ने विषयमा जनताले कम प्रदेश बनाउन सुझाव दिएकाले उक्त विषयमा परिमार्जन हुने सङ्केत समेत दिदै नामाङ्कन, सीमाङ्कनका सवालमा भने अहिले नै निर्णय नहुने र संविधान जारी भएको मितिले छ महिनाभित्रमा उक्त कुराको समेत टुङ्गो लाग्ने बताउँनु भएको छ ।