शनिबार, अशोज ६, २०८०

हिन्दू राष्ट कायम गर्न जनमत सङ्ग्रहको माग, सनातन हिन्दूराष्ट्र महाअभियानले वृहत विरोध जुलुसको आयोजना गर्ने

काठमाडौ अषाढ २०, संयुक्त राष्ट्रवादी समाजवादी पार्टी नेपालले शनिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संविधानको मस्यौदामा जननिर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने, विदेशीसँग विहे गरी जाने आमाको नामबाट वंशजका आधारमा नागरिकता दिन नहुने माग सहित धर्म निरपेक्ष राष्ट्रको प्रावधान hundu-symbolयथावत् राखेकामा आपत्ति जनाउँदै राष्ट्रिय अखण्डता तथा एकताका लागि भए पनि धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र कायम गर्नु पर्ने माग गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल चौलागाईंले धर्म निरपेक्षता, सङ्घीयताको विषयमा संविधानसभाभित्र र बाहिरका सबै शक्तिलाई समेटेर सर्वपक्षीय राजनीतिक सम्मेलनमार्फत निर्णय हुनुपर्नेमा जोड दिदै अगाडि बढ्नुपर्छ यसद सकिदैन भने प्रस्तावित विषयमा जनमत सङ्ग्रहबाट निर्णय गर्नुपर्ने बताएका छन ।

यसैवीच नेपाली काँग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानले संविधान सभामा प्रस्तुत संविधानको प्रारम्भिक मस्यौदामा आम जनताको चाहना विपरित नेपाललाई धर्म निरपेक्ष राष्ट्र कायम गर्न गरेको प्रस्तावको विरोध गर्ने भएको छ । अभियानले सोमवार अपरान्ह धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दूराष्ट्र कायम गर्न दवाव दिने उद्देश्यले राजधानीको माईतीघर मण्डलाबाट वृहत विरोध जुलुसको आयोजना गर्ने महाअभियानका सदस्य लोकेश ढकालले जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु