शुक्रबार, मंसिर २३, २०७९

हामी मध्ये केहीमा रहेको रोग ..

1 -शोभाकर पराजुली

राणा शासनको समाप्ति भयो र लोकतन्त्र आयो । फेरि राजाले शासन आफ्नो हातमा लिए । पुनः संघर्षबाट लोकतन्त्रको स्थापना भयो । त्यसपछि माओवाद र हिंसा शुरु भयो । माओवादी हिंसाको आडमा राजाले आफ्नो हातमा शासन लिए र त्यति बेला लोकतन्त्रवादीहरूलाई दुख दिएर कम्युनिष्टहरूलाई बढावा दिंदै आएका राजाहरूमा एउटा नयाँ समीकरणको अवस्थाको सम्भावनाका बारेमा ध्यान गएन । काँग्रेसको विरुद्धमा कम्युनिष्टहरुलाई साथ दिंदै आएका राजाहरु कम्युनिष्टको डरले राजालाई काँग्रेसले सहयोग गर्नेछ र कम्युनिष्टहरूबाट पनि आफ्नो ऋण चुकाउने कार्य हु नेछ, त्यसैले कम्युनिष्टहरूले पनि राजसंस्था नै अन्त्य गर्नेछन् भन्ने विश्वास राजामा थिएन । काँग्रेसलाई खतम गर्न राजा र कम्युनिष्ट मिलेकोमा अब त्यो आवश्यकता कम्युनिष्टलाई रहेन र काँग्रेसलाई पनि सधैं लोकतन्त्रप्रति गिद्धे आखाँ लगाउने राजसंस्थाको आवश्यकता रहने कुरा भएन । माओवादीहरूले राजावादीहरू राष्ट्रवादी छन्, राजासंग अघोषित एकता थियो भन्नु र होलेरीमा राजाले सैनिकलाई माओवादी लडाकुहरूको विरुद्धमा परिचालन हुन नदिनु राजा र कम्युनिष्टहरूका हनिमुनका अन्तिम दिनहरूका संकेत हुन् ।

जेहोस्, नेपालको सन्दर्भमा एउटा तानाशाही चरित्र बोकेको संस्थाको अन्त्य भयो । अर्को तानाशाही चरित्र बोकेको विचार जीवित छ । कम्युनिष्ट व्यवस्थाको तानाशाही कम जनविरोधी छैन । यो कम्युनिष्टहरूको पनि विरोधी छ । तर हामीले एउटा भ्रम पालेका छौं कि जब विरोध हुँदैन त्यति बेला राम्रो हुने संभावना बढी हुन्छ । लोकतन्त्रमा त्यो नियम लागू हुन्छ । जनविरोधी व्यवस्थामा विरोध गर्न दिइ“दैंन र जनताले गल्तिको विरोध गर्न सक्दैनन्। कम्युनिष्ट व्यवस्थाहरूमा त्यही भएको छ वा थियो । त्यसैले जति ठूलो अन्याय भए पनि जनताले विरोध गर्न सक्दैनन् । कम्युनिष्ट व्यवस्थामा कर्मचारीहरूमा कम्युनिष्टको सेल हुन्छ र उनीहरूकै पकड हुन्छ । सेना र प्रहरीमा कम्युनिष्टहरू नै हुन्छन् ।book

गुप्तचर संस्थामा कम्युनिष्ट पार्टीको नै संगठन हुन्छ । मजदुर र किसानलाई कम्युनिष्ट व्यवस्था ल्याउनको लागि प्रयोग गरिन्छ । जब कम्युनिष्ट व्यवस्था आउँदछ त्यति बेला उनीहरू सबैभन्दा पीडित हुन्छन् । विश्वको कुनै कम्युनिष्ट देश छ ? जहाँ कम्युनिष्ट व्यवस्था आएपछि त्यहाँ रहेका मजदुर र किसानबाट त्यो देशको नेता बनेको होस् ? छैन । किन ? किनभने मजदुर किसानहरूसंग शक्ति  हुँदैन । उनीहरूबाट सम्पति लुटिएको हुन्छ । राष्ट्रका नाममा उनीहरुको सम्पत्ति लुटेर उनीहरूलाई दास बनाइन्छ । कम्युनिष्टहरूले कमाउँदछन् । सर्वहाराहरूको हातमा अन्न र कमाइ  हुँदैन  । कम्युनिष्टहरूको हातमा हुन्छ । कम्युनिष्टहरूले तोकेअनुसार मजदुर र किसानले  आफुले उत्पादन गरेको सामान पाएका हुन्छन् । अन्याय हुन्छ तर बिहान बेलुकाको खानाको लागि पनि कम्युनिष्ट सरकारको भर पर्नुपर्ने हुँदा उनीहरू विरोध गर्न सक्दैनन् । अपवादमा कहिलेकाहिँ विरोध हुन सकेमा पनि त्यसलाई दबाइन्छ । त्यो विरोध पनि ठूलो हिस्साका मजदुर किसानहरू साहसका साथ एक हुन सकेमा र गुप्तचरबाट त्यसभन्दा पहिला बचेमा मात्र सम्भव हुन्छ । आन्दोलन सफल हुन नसके पनि पोल्याण्डमा मजदुर नेता लेख वालेसाले गरेको आन्दोलनले व्यापक रुप लिएकोले उनीसमेतलाई ठूलो कार्यवाही गर्न तात्कालीन कम्युनिष्ट सरकारले सकेन । पछि सोभियत रुसको पतनको शुरुवात्को कारणले मात्र पोल्याण्डमा पनि लोकतन्त्रको स्थापना हुन सकेको हो । त्यस्तै, लोकतन्त्रमा पनि अस्तव्यस्तताका उदाहरणहरू छन् ।

सडक जाम गर्ने, कर्मचारीहरूले जनताको हित होइन आफ्नो तलव र सुविधा मात्र हेर्ने र आन्दोलन गर्ने, राजनीतिमा जनतालाई दुख दिने र खराब मानिसहरूलाई सुरक्षा दिने गरिएको पनि पाइन्छ । यस्ता उदाहरणहरू धेरै छन् । तर त्यहाँ गल्तिलाई गल्ति भन्न नपाइने र एउटा दलले गल्ति गरेमा त्यसको विकल्पमा अर्को दललाई ल्याउन नपाइने हुँदैन । दलले बेइमानी पनि गरेको पाइन्छ तर त्यो बेइमानीलाई कानुनी र संविधानको आधारमा विरोध गर्न नपाइने र विकल्प छान्न नपाइने  हुँदैन जुन कम्युनिष्ट ब्यवस्थामा हुन्छ । घाँसको मुठो बाँध्दा बन्धन खुकुलो भए पनि काम लाग्दैन र बढी कस्न खोजेमा पनि बन्धन नै चुँडिने संभावना हुन्छ । लोकतन्त्रमा यो नियम लाग्दछ । कुनै दलले बढी नै गल्ति गरेमा जनताबाट चँुडिएजस्तो भएर सत्ताबाट बाहिर जानु पर्दछ र खुकुलो गरेमा जनतालाई गलत तत्वले सास्ती दिन्छन् । लोकतन्त्र नमान्नेहरूले पनि यसको दुरुपयोग गरेको देखिन्छ । हामीले लोकतन्त्रलाई घामको उज्यालो मात्र हो र यसले सबैका राम्रा नराम्रा कुरा देखाउँदछ, त्यही आधारमा जनताले ठीक निर्णय गर्न सक्दछन् भन्ने सोच्न सक्नु पर्दछ । उज्यालोको दुरुपयोग भयो भनेर अँध्यारो रोज्ने हो भने त्यहाँ झन भयावह स्थिति हुन्छ । चोरी, डकैती, खुन रातमा नै बढी भएको सामाजिक अवस्थाले पनि देखाउँदछ । राजनीतिमा एकदलीयता अँध्यारो हो, त्यसको चरित्र समाजमा अँध्यारो रोज्ने हो, त्यसको चरित्र समाजमा अँध्यारोमा हुने अप्ठेरोसँग मिलान गर्न सकिन्छ । हामीमध्ये केहीमा एउटा रोग छँदैछ । त्यो हो, विरोध गर्न नदिएर जनतालाई आतंकित पारेपछि उनीहरूसंग डराउने र उनीहरूको पछि लाग्ने र गल्तिको विरोध गर्न पाइने भएमा गल्तिको विरोध गर्ने र गल्ति नभए पनि विरोध खोजिरहने । त्यो रोगले हामीलाई नै पीडा दिन्छ र हाम्रो अधिकारलाई नै खोस्न सहयोग गर्दछ । माओवादीले जनतामा आतंक फैलाए र उनीहरूको विरोध गर्नुभन्दा डरले समर्थन गर्न सजिलो मान्यौं । विरोध गर्न दिदाँ हामीले विरोध गर्नु गल्तिको विरोध गर्न पाउनु मात्र हो भन्ने नसोची विरोध गर्ने पेसा नै हो भन्ने सोचेर व्यवहार गर्ने पनि कहिलेकाहिँ गरेका छौं ।

क्रमश……..

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु