शुक्रबार, मंसिर २३, २०७९

हनुमानढोका दरवार क्षेत्र पुर्ननिर्माणका लागि विचार विमर्श

काठमाडौ श्रावण १० , गत बैशाख १२ गते गएको महाभूकम्प र त्यस पछिको श्रृखलावद्ध पराकम्पका कारण क्षतिग्रस्त विश्वसम्पदा सूचिमा सूचिकृच राजधानीको हनुमानढोका दरवार क्षेत्रमा रहेको मूर्त तथा अमुर्त एवम् प्राचिन मठमन्दिर सहितको धरोहर पुर्ननिर्माणका लागि एक 20150726_anup_1 20150726_anup_3 20150726_anup_4 20150726_anup_5 20150726_anup_7 20150726_anup_11 20150726_anup_14विशेष छलफलको आयोजना गरिएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र न ८ अन्र्तगत पर्ने उक्त क्षेत्रमा रहेको मठमन्दिरको पुर्ननिर्माणका लागि त्यस क्षेत्रबाट निर्वाचित सभासद एवम् काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीको पहलमा गरिएको उक्त छलफलमा हनुमानढोका दरवार विकास समितिका प्रमुख , पुरातत्व विभागका प्रमुख , स्थानीय क्रियाशील संघसस्थाका प्रतिनिधी एवम् केहि राजनैतिक दलका प्रतिनिधी समेतको सहभागिता रहेको थियो ।

त्यस्तै अन्र्तक्रियामा महाभूकम्पबाट भग्नावशेषमा परिणत भएको हनुमानढोका दरवार क्षेत्रमा मनाईने राष्ट्रिय पर्व  ईन्द्रजात्रा लगायतका विविध परम्परागत संस्कृतिको सञ्चालन के र कसरी ? गर्न सकिन्छ भन्ने सवालमा समेत चिन्ता व्यक्त गरिएको थियो ।

साथै छलफल कार्यक्रमा सभासद् जोशीले हाम्रो गौरव हाम्रो धरोहरको छिटो भन्दा छिटो पुर्ननिर्माण गरिनु पर्ने र यसका लागि आवश्यक पुर्ननिर्माण संयोजन समिति गठन गरिनु पर्नेमा जोड दिनै पुरातात्विक महत्वका सम्पदाको संरक्षण गरिनुपर्ने बताउँनु भएको थियो ।

त्यस्तै नेकपा एमाले क्षेत्र न.८का अध्यक्ष राजेश शाक्यले भने पुर्ननिर्माण कार्य आफैमा महत्वपूर्ण कार्य भएकोले जिम्मेवारीको नामम जिम्मेवारी दिनु भन्दा पनि कमिटमेन्टरुपमा क्रियाशील हुँन सक्ने दक्ष र विज्ञ व्यक्तिको अगुवाईमा हुँनु पर्नेमा अभिमत प्रस्तुत गर्नु भएको थियो ।  त्यैसैगरि कामपा बसन्तपुर दवार क्षेत्र कार्यक्रमका प्रमुख नरेन्द्र बज्राचार्यले दरवार क्षेत्रको पुर्ननिर्माणका लागि प्रतिवद्धता व्यक्त गर्नु भएको थियो  भने स्थानीय संघसस्थाका प्रतिनिधीले पनि आआफ्नो राएसुझाव व्यक्त गरेका  थिए ।