शनिबार, अशोज ६, २०८०

सिरहामा एमाओवादी अध्यक्ष प्रचण्डलाई कालो झन्डा, मधेसवादी दलका कार्यकर्ता र प्रहरीवीच झडप

लहान श्रावण ४, एमाओवादीका अध्यक्ष तथा सिरहा क्षेत्र नम्बर ५ का सभासद् पुष्पकमल दाहाल प्रचण्डलाई कालो झन्डा देखाउन खोज्ने मधेसवादी दल निकट नेता कार्यकर्ता र प्रहरीबीच आज सिरहाको मिर्चैयामा झडप भएको छ ।

prachanda-baसंविधानको प्रारम्भिक मस्यौदा २०७२ माथि जनताको रायसुझाव सङ्कलनका लागि मिर्चैयामा आयोजित कार्यक्रममा सहभागी हुन आउनुभएका अध्यक्ष दाहाललाई मधेस केन्द्रित दलका कार्यकर्ताले कालो झन्डा देखाउन खोजेपछि प्रहरीसँग झडप भएको हो ।

झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालयका प्रहरी भ्यानमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु