बिहिबार, भदौ २, २०७९

समाज रुपान्तरणको लागि घाँसी आर्दश आजको आवश्यकता :माधवप्रसाद घिमिरे

 भर् जन्म घाँस तिर मन् दिई धन कमाया
नाम क्यै रहोस पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटि की छन् जे छन् चिजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिएछ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति

करिव ८ वर्ष अगाडि आफ्नो कार्यक्षेत्रमा एक जुझारु तथा मेहनती र गरिब किसानको आर्दशलाई आत्मासात गर्दै अविराम शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा क्रियाशील रहदै आएको संस्था हो घाँसी आदर्श समाज नेपाल । त्यसो त घाँसी भन्ने बित्तिकै हाम्रो मानसपटलमा नेपाली साहित्य क्षेत्रका चम्किला धरोहरका रुपमा रहेका आदिकवि भानुक्तको प्रेरणा र आर्दशको स्रोतका रुपमा स्वीकार गरिएका तिनै किसानको सस्मरण ताजा हुँने गरेका छन । अर्थात भानुक्तलाई आदिकवि भानुक्त बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गरेका किसानको आर्दश लाई समाज प्रतिस्थापित गर्ने लक्ष्यलाई अङगिकार गरी शिक्षाको क्षेत्र देखि बैशाख १२ गतेको महाभूकम्पबाट आहात भएका पिडितको पिडामा मल्हम लगाउँन यथासंभव प्रयासमा जुटेका सिङगो संस्था घाँसी घरको कार्यसम्पादन प्रक्रिया हेर्ने हो भने वास्विकरुपमा नै घाँसीमय भएको सहजै अनुमान गर्न सकिन्छ । यसै प्रसंगमा घाँसी घरको आर्दशलाई जिवन्त राख्न क्रियाशील संस्थाका अध्यक्ष माधव प्रसाद घिमिरे संग संस्थागत गतिविधीमा केन्द्रीत रहेर गरिएको कुराकानीको सारांश

(घाँसी आर्दशलाई जिवन्त राख्न क्रियाशील घाँसी घर)

० संस्थागतरुमपा घाँसी घरको पृष्ठभूमि के हो ?
घाँसी घर नेपाल सरकारको सम्वद्ध निकाय ८ वर्ष अगाडि घाँसी घर आदर्श समाज नेपालकोनामबाट विधिवत दर्ता भएको सस्था हो । यो भन्दा पूर्व घाँसी घर सस्था शिक्षा क्षेत्रमा क्रियाशील रहेको अवस्था हो । यो संस्थाको कार्यको बारेमा भन्नुपर्दा हामी शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा काम गर्छौ । त्यस्तै घाँसी भन्ने बित्तिकै हामीले सहजै एकदमै मेहनती र गरिब किसान आर्दशमय प्रारुपलाई सम्झने गर्छौ । हो तिनै मेहनती कृषकको आदर्शलाई सम्मान गर्दै हामीले सस्थाको नाम घाँसी राखेका हौं ।
समग्रमा भन्ने हो भने तत्कालीन समयमा भानुभक्तजी भारतमा गएर पढ्नु भयो पढाई गरेर आफ्नै देशमा फर्केर आउने क्रममा गाउँको दुरदराजको बाटोमा पानीको तिर्खा लाग्दा राम्रो कुवाको पानी पानी पिउनु भयो । तर अनायास यस्तो गाउँमा यति राम्रो कुवा बनेको पाउँदा भानुभक्तलाई यो कुवा कस्ले बनाएको होला भन्ने जिज्ञासा हुँनु स्वाभाविक थियो । जव उहाँले कुवा र कुवा बनाउँने व्यक्तिंगको साक्षात्कार पछि भानुभक्तले बोध गरेको सेवाभावको प्रेरणा सहित मुलत उहाँलाई आदर्श सिखाउने त्यो गरिब घाँसीको आदर्श विभिन्न प्राकृतिक स्रोत र साधनले परिपूर्ण समाजमा प्रतिस्थापित गर्नु पर्छ भन्ने मान्यता सहित यो संस्थाकाृ स्थापना भएको हो । जुन सस्थाको अहिले घाँसी एग्रीकल्चर, घाँसी स्कूल, घाँसी सहकारी लगायत नौ वटा संस्था एउटै छातामा आवद्ध हुँदै शिक्षा , कृषि र प्रर्यटनमा बढी काम गरिरहेको अवस्था हो ।

० समाजमा घाँसी आदर्शको स्थापनार्थ तपाईको यो ८ वर्षमा के-के गर्नु भयो त ?
उद्देश्य के लिनु उडि चँन्द्र छुनु भन्ने महाकवि देवकोटाको अभिव्यक्ति अनुरुप हामी क्रियाशील रहेको अवस्था हो । यसवीचमा सहयोग गर्ने हातहरु थुप्रै थिए र छन् पनि । तर, अहिले हामीसंस्थागत रुपमा ठूलो कामगरेको अवस्था भने छैन ।

० उपलब्धी के रह्यो त .?
घाँसी आदर्श समाजको सोचलाई अगाडि बढाउन अहिले हामी धेरैको संख्यामा जुटेका छौ । शुरुमा हामी केही दुई–तीन जना मात्र थियौं । तर आज घाँसी सहकारीमा लगभग तीनसय अस्सीको हाराहारीमा सदस्यहरु हुनुहुन्छ । त्यस्तै घाँसी आदर्श समाज नेपाल संस्थामा सदस्यता चाहने साथीहरु धेरै हुनुहुन्छ । हामीले कुनै निकायहरुमा र एनजिओ आईएनजिओहरुमा हामीलाई अनुदान दिनुहोस हामी काम गछौ भनेका छैनौ । हामी आफै आफै मिलेर लगानी गरिरहेको अवस्था हो । जस्तै हामीहरु आफ्नै लगानीमा स्कूल सञ्चालन गरेका छौ । मेरो आफ्नै पहलमा तनहुँमा एग्रीकल्चर सञ्चालन भएको छ । त्यस एग्रीकल्चरमा तरकारी लगायत उत्पादन गर्ने गरेका छौ । सप्लाईका लागि हामीसँग आफ्नै व्यवस्था रहेको छ । १५/ २० जना स्थानीय गाउँले दाजुभाईले रोजगारी पाएका छन् । यसरी सानो–सानो कुराबाट हामी अगाडि बढ्ने क्रममा छौं । यस क्रममा समग्रमा भन्ने हो आफ्नै विद्यालय स्थापना गरि छात्रवृद्धिका कार्यक्रम , आमा समूहको परिचालन, स्र्पोट्स कल्वलाई खेलकुदको सामाग्री सहयोग गर्ने लगायत घाँसी सस्थामा १सय १० जना जनाले प्रत्यक्ष रोजगारी पाईरहेको छ ।
० संस्थागत स्रोत के हो त .?
घाँसी सस्थाको संस्थागत स्रोतको प्रसंगमा भन्नु पर्दा हामीले संस्थाका सदस्य , साथीभाइसंगको शुल्क संकलनबाट संस्थागत व्यवस्थापन गर्दै आईरहेका छौं ।

० कतिपय संस्थालाई विदेशी सहयोग संकनलन गर्ने गरेको आरोपका वीच यो संस्था मुक्त छ त ?

मईले अगाडि पनि भने, आजसम्म हाम्ीले कुनै विदेशी वा स्वदेशमानै रहेका कुनै पनि Ingo र Ngo संग सहयोग मागेको छैनौ भने सहयोग अपचलनको आरोप लाग्ने कुरै रहेनन ।

० बैशाख १२गतेका महाभूकम्प पछिको समयमा यहाहरुको संस्थागत योगदान के रह्यो ? 

बैशाख १२, १३ र २९ गतेका भूकम्प पछि मुलुकमा भएको धनजनको क्षति व्यवस्थापनको लागि हामीले पनि सामाजीक दायित्व अन्र्तगत केहि योदान गर्नुपर्छ भन्ने मनोभाव अनुरुप सिन्धुलीको ज्यामिरेका एकसय घरपरिवार लाई खाद्यान्न सहितको राहत ,त्यस्तैगरि नुवाकोटको ठानसिह गाविस वडा न ८मा एकसय ४० घरपरिवारलाई त्रिपाल सहितको सहयोग गर्यो भने पछिल्लो समय महापिवद्को समयमा अविराम जनताको सूचनाको लागि क्रियाशील पत्रकार साथीहरुको लागि इमरजेन्सी प्रयोग हने केहि सामाग्री कठमाडौं पत्रकार महासंघलाई उपलब्ध गराउँने काम भएको छ । त्यस्तै संस्थाको कार्यालयबाट पनि स्थानीय व्यक्तिहरुलाई यथासंभव सहयोग गर्ने काम भएको छ ।

० समाज सेवा गर्दैगर्दा व्यक्तिगत अनुभूति कस्तो रह्यो ?
यो क्षेत्रमा काम गर्दैगर्दा आर्दशसहितको लक्ष्यलाई आत्मासात गर्दै स्थापना भएको घाँसीघर मार्फत समाजसेवाको क्षेत्रमा क्रियाशील हुँदैगर्दा स्वाभाविकरुपमा आत्मिकसन्तष्टि महसुस भएको छ ।

० भावी योजना ?
शिक्षानै विकासको मार्ग हो । जवसम्म मुलुकका दरदराजमा रहेका आम नेपालीहरु शिक्षीत नहुँदाको अवस्थामा अवसरवादी मानसिकताले चलखेल गर्ने संभावना रहन्छ । त्यस अर्थमा पनि हामी दुरदराजमा रहेका नेपाली दाजुभाईहरुलाई शिक्षीत बनाउँने अभियानमा जुटेका छौं । साथै सरकारी विद्यालयको खस्कदो स्थितीलाई मध्यनजर गर्दै नेपाल सरकार सरोकारवाल निकायसंग सहकार्य गर्दै शैक्षिक सुधारका कार्यक्रमको आयोजना गर्नुको अलावा महाभूकम्पबाट भत्केका विद्यालय भवनको पुर्ननिर्माणमा हामीले ध्यानकेन्द्रीत गरेका छौ ।

० अन्तमा ?
प्राकृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा विद्यमान यावत विकृतिको निवारणका लागि समाजमा घाँसी आर्दशको स्थापना गर्ने हाम्रो प्रयासलाई  बुझुन देखाउँनुभएको  अभिरुची सहित हाम्रा संस्थागत  अभिव्यक्ति अनलाइन मार्फत आम पाठकमा राख्ने अवसर दिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु  ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु