बिहिबार, मंसिर १४, २०८०
Dashain

सपना प्यारा..

Image4 गौतम डंगोल “सन्देश”

     बिउँझिन मन लाग्दैन मलाई
म सँधै सँधै निदाएकै बेस
यथार्थको उल्झनमा फस्न मन लाग्दैन मलाई
म सँधै कल्पनामा रमाएकै बेस

  बोलिदिने कोहि छैन म संग सा“चो कुरा
सुनिदिने कोहि छैन म संग मनका कुरा
हवा संगै विलाउँछन् मेरा शब्दहरु
छैन कतै आवाज जवाफ फर्काइदिने
उठ्न मन लाग्दैन मलाई
म सँधै नशामा धलेकै बेस
बिउ“झिन मन लाग्दैन मलाई

संगै हिंडने छैन म संग कोहि साथी
एउटा कात्रो छैन ओढाउने मेरो लाश माथी
बेवारीसे बनि अलपत्र छन मेरा सपनाहरु
छैन कोहि आड भरोसा दिने
जीउन मन लाग्दैन मलाई
म स“धै जीउँदै मरेकै बेस
बिउँझिन मन लाग्दैन मलाइ

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु