शुक्रबार, मंसिर १५, २०८०
Dashain

संविधानमा बहुलवादको ग्यारेन्टी गर्नुपर्नेमा सभासद केसीको जोड

काठमाडौं आषाढ २२, संविधान प्रारम्भिक मस्यौदाका जारी छलफलमा भाग लिदै काँग्रेसका सभासद जगदिश्वर नरसिँह केसीले निरंकुश मानिएको राजतन्त्र नै हटिसकेको अवस्थामा नयाँ संविधानमा पनि निरंकुशता अन्त्य गर्दै अघि बढिने भन्ने शब्द प्रयोग गरिएकोमा नेपाली आपत्ती जनाउनुभएको छ ।  त्यस्तै सभासद केसीले राजतन्त्रलाई निरंकुश भनिएको थियो, त्यो नै अहिले इतिहाँस बनिसक्यो । अब कुन निरंकुशताको परिकल्पना गरिएको हो भन्ने प्रश्न गर्दै कि निरंकुशता खुलाउनुपर्यो होइन भने अब निरंकुशता अन्त्य होइन एकात्मक प्रणाली अन्त्य गर्दै बिकेन्द्रित संघिय प्रणालीमा जाने भन्ने उल्लेख गरिनु पर्नेमा जोड दिनु भएको थियो ।

साथै सभासद केसीले बहुलवाद लोकतन्त्रको विश्वब्यापी मुल्य मान्यतामा आधारित शासन ब्यवस्था भएको बताउँदै बहुलवादमा नै सबै पक्षका विचार समेटिने भएकाले संविधानमानै यसको ग्यारेन्टी गर्दै बहुलवाद शब्द राख्न माग गर्नुभयो । चारदलिय सहमतीमा बहुलवाद शब्दमाथि चर्को विवाद भएपछि काँग्रेसले राख्दै आएको यो अडान छाडेको थियो । नयाँ संविधानमा विशेषगरि सिमान्तकृत वर्गको लागि विशेष सुविधाका कुरा सुनिश्चित गरिनुपर्ने माग गर्दै उहाँले धर्मनिरपेक्षता भन्दा धार्मिक स्वतन्त्रता तथा संविधान निर्माणको गतिलाई तिब्रता दिएर जतिसक्दो छिटो संविधान निर्माणमा लाग्न शिर्ष दलका नेताहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु