शुक्रबार, चैत्र १७, २०७९

राष्ट्रसंघीय अधिकारीको अभिव्यक्तिप्रति भत्सर्ना

काठमाडौं आषाढ १८, भूकम्पपीडितलाई अखाद्य वस्तु वितरण गरेको विषयमा नेपाली सञ्चारमाध्यमहरुले तस्विर तथा दृश्य सामग्री सहित प्रकाशन तथा प्रशारण गरेको समाचारलाई लिएर संयुक्त राष्ट्रसंघका मानवीय मामिला समन्वयसम्वन्धी कार्यालयका निर्देशक जोन गिङले दिएको गैरजिम्मेवार Microsoft Word - wfp-condem-union-2072-3-18 - Copyअभिव्यक्तिप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जोनको उक्त अभिव्यक्तिको निन्दा र भत्सर्ना गरेको छ ।

विश्व खाद्य कार्यक्रमले भुकम्पपिडितलाई बाँडेको खाद्य सामग्री कुहिएको पाइएपछि तस्वीर, भिडियो सहित नेपाली मिडियाले प्रकाशन तथा प्रसारण गरेका थिए । संसदीय समिति र मानवअधिकार आयोगले समेत विश्व खाद्यले वितरण गरेको चामल खान अयोग्य र कुहिएको भनेर कार्वाहीको लागि निर्देशन दिएयता सरकारको कृषि मन्त्रालयले विश्व खाद्यलाई कार्वाहीको लागि पररराष्ट्र मन्त्रालयलाई पत्राचार समेत गरेको पृष्ठभुमिमा राष्ट्रसंघका उच्च अधिकारी जोनले नेपाली सञ्चारमाध्यम विरुद्ध दिएको अभिव्यक्ति खेदजनक छ। विश्वखाद्य कार्यक्रम मार्फत राष्ट्रसंघको छवी विग्रिएको अवस्थामा ड्यामेज कन्ट्रोलका लागि आएका जोनले बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाली सञ्चारजगतलाई ननसेन्स शब्द प्रयोग गरी कूटनीतिक मर्यादा समेत नाघेको युनियनको ठहर रहेको प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटीद्दारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा भुकम्पको बेलामा पनि अनेक समस्याका बाबजुद सत्यतथ्य समाचार सम्प्रेषित गरिरहेका नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि राष्ट्रसंघका उच्च अधिकारी जोनले लगाएको आक्षेप प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा रहेको हाम्रो बुझाइ छ । साथै उनले अरु देशलाई आवश्यक भएको बेलामा विश्व खाद्यले नेपाललाई प्राथमिकतामा राखेर दया देखाएको भावप्रकट गरेर नेपाली भावनामथि खेलवाड गरेका छन्। राष्ट्रसंघको एक जिम्मेवार सदस्य राष्ट्र नेपाललाई परेको अप्ठ्यारोमा सहयोग गर्न आएको विश्वखाद्यले गरेको कामको बारेमा नेपाली सञ्चारमाध्यममा आएको समाचारलई लिएर राष्ट्रसंघका एक कर्मचारीले नेपालको राष्ट्रियता र स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै सहयोग फिर्ता लैजाने जस्ता धम्कीयुक्त कुटनीतिक मर्यादा विपरितको अभिव्यक्ति दिने कार्य नेपालीहरुले सहने छैनन । नेपाल प्रेस युनियन राष्ट्रसंघका कर्मचारी जोनमाथि तत्काल कारबाहीको पहल गर्न नेपाल सरकारलाई अपिल गर्दछ। साथै यस विषयमा गम्भिर भइ नीज संयुक्त राष्ट्रसंघका मानवीय मामिला समन्वयसम्वन्धी कार्यालयका निर्देशक जोन गिङलाई कार्वाहीको दायरामा ल्याउन युनियन राष्ट्रसंघसँग जोडदार माग गर्दछ भनिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु