अन्य सुझाव संकलन केद्रमा पनि हुलहुज्जतको तयारी
काठमाडौं श्रावण ५, हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्रको पक्षमाआवाज बुलन्द गर्दै आईरहेका राप्रपा नेपालले राजधानीको नयाँ बानेश्वरमा संविधानको प्रस्तावित मस्यौदामाथि जनताको सुझाव संकलन भइरहँदा विरोध प्रदर्शन गरेका छन । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले नयाँ बानेश्वर, थापा गाउँमा संविधानको प्रारम्भिक मस्यौदा माथि काठमाडौं क्षेत्र नं.१ का जनताले राय सुझाव व्यक्त गर्दै गरेको अवस्थामा नारावाजी सहित विरोध प्रदर्शन गरेका थिए ।
त्यस क्रममा प्रदर्शनकारीले संविधानको मस्यौदा च्यातेर जलाएका थिए भने हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्रको पक्षमा नारावाजी सहित हुलहुज्जत गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न सामान्य बल प्रयोग गरेको थियो । यस क्रममा केहीबेर झडपसमेत भएको थियो ।
यसैवीच आजै काठमाडौं निर्वाचन क्षेत्र न ८ अन्र्तगत राजधानीको बसन्तपुर क्षेत्रमा हुँन गईरहेको संविधानको प्रारम्भिक मस्यौदा माथि जनमत संकलनलाई प्रभावित तुल्याउँदै संङगठित रुपमा आफ्ना भनाई राख्ने र त्यसपछि हुलहुज्जत गर्दै जनसुझाव संकलन प्रक्रियानै अवरुद पार्ने योजना अनुरुपको तयारी राप्रपा नेपालले गर्दै गरेको जानकारी विशेष स्रोतबाट प्राप्त भएको छ ।यस विचमा प्रतिकार भए हातापाई सम्मको तयारी समेत उनिहरुले बनाएको बुझिएको छ ।