बुधबार, असार २२, २०७९

मानिस ..

आजबाट हामीले विचार स्तम्भमा पूर्वसंविधानसभाका सदस्य शोभाकर पराजुली द्दारा लिखित लोकतन्त्र र समाजवाद पुस्तक श्रृखलावद्धरुपमा प्रकाशन गर्दैछौं । प्रस्तुत पुस्तकको श्रृखला विशेष गरिमोफसलबाट प्रकाशित हुँने पत्रपत्रिका र कनैपनि अनलाईले साभार गरि प्रकाशन गर्न सकिन्छ । तर स्रोत उल्लेख गर्नु भएमा हामी आभारी हुने जानकारी गराउँदछौं ।

pen-copy-gift-150x150-शोभाकर पराजुली

हामी आनन्द चाहन्छौं अर्थात् सबै प्रकारका पीडा र अप्ठेराहरूबाट मुक्ति  चाहन्छौं  । तर ती सुखहरू कहाँ छन् त ? “खोज्दछन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आँफू मिटाई अरुलाई दिनु जहाँ छ । ”यो वाक्य त हामीले धेरै पहिलादेखि सुन्दै आएका हौ“ । मानिसहरू सुखको लागि अध्यात्मको खोजी गर्दछन् वा बाटो लिन्छन् । आध्यात्मिक माध्यमद्धारा सुख पाउने चेष्टा पनि गर्दछन् । कहिलेकाँहि अचम्म पनि लाग्दछ, खरानी घसेर अरुले दिएको दानमा बाँच्दा खुसी हुने मानिस पनि यो दुनियाँमा छन् । माग्नेहरू पनि छन् । खान नपाएपछि र काम गरेर भन्दा माग्न सजिलो भएपछि मानिसले त्यसो गर्नु स्वभाविक हो पनि भन्न सकिएला । यथार्थ त्यही“ गएर मात्र टुंगिंदैन । किनकि करोडौँ सम्पति हुने मानिसहरू पनि कुनै कारण त्यसलाई त्याग गरेर मठ, मन्दिर, गुम्बा आदिमा आनन्द र सन्तोष लिएर बसेका पाइन्छन् । त्यो सुख वास्तवमा सुख हो कि होइन ? अर्कोतर्फ सम्पत्ति जति कमायो उति कमाउन मन लाग्ने मानिसहरूको स्वभाव छ । यो स्वभावले लोभलाई अझ तीव्र पारेको पनि पाइन्छ । अरबौ“ सम्पत्ति हुनेहरू पनि कर छलेर वा अन्य मान्यता विपरीतका कार्यहरू गरेर अझ सम्पति कमाउन चाहन्छन् । के त्यो सम्पति कमाउनुको अर्थ हीराको खाना खानु हो ? वा सबैभन्दा महंगा वस्तुहरू उपयोग गर्नु हो ? हीरा त शरीर बाहिर मात्र ठीक हो, पेटमा परेमा मृत्युवरण हुन जान्छ । शरीरमा कपडा वा गहना लगाएको देखाएर अरुलाई आफु प्रति इष्र्यालु बनाउने हो कि ? नहुनेलाई ठूलो सम्पतिवाल छु भनेर सान देखाउने हो कि ? या यसको अनावश्यक फुर्ती लगाउनेमाथि नहुनेहरूको घृणा थप्ने हो ? वा डाँकाहरूलाई आमन्त्रण गरेर आफ्नो ज्यान खतरामा पार्ने हो ? वास्तविक आनन्द अर्थात् विकास र समानतामा लगाव तर उपयोगप्रति निष्पृहता ।book
सम्पतिका संवन्धमा कतिपय विवादास्पद अनुभवहरू छन् । सुखका बारेमा पनि छन् । सुख भनेको बाहिरी सम्पतिबाट आउने हो कि मनबाट आउने हो ? मनबाट आउने हो भने सुख सम्पतिमा छैन भन्न सकिन्छ । बाहिरी सम्पतिको प्राप्तिबाट सुख आउने हो भने पनि यसको कुनै ठेगान रहेनछ । कहिलेकाँही सुरक्षाको प्राप्ति र सम्पतिको अनावश्यक क्षतिबाट बचाउनु पनि सुख हुँदोरहेछ । नेपालमा माओवादीहरूबाट पीडित भएर, उनीहरूलाई खान दिने, बस्न दिने, छोरीबुहारीहरूलाई यौन शोषणबाट बचाउने, कुटिन वा मारिनसम्मबाट बचाउने र जबर्जस्ती पैसा असुल्ने कार्यबाट बच्ने उद्देश्यका लागि पनि काँग्रेस समेतबाट माओवादीमा प्रवेश गरेको जानकारी पाइयो ।

सुख ? केलाई मान्ने सुख ? र केलाई मान्नु पर्ने सुख ? उनीहरू, जो काँग्रेस समेतबाट माओवादीमा प्रवेश गरे तिनीहरूलाई माओवादीको रातो टीका लगाउनासाथ महसूस भयो होला कि अब विस्थापित हुने एउटा ठूलो डर समाप्त भयो । अब कुटपिट हुने, मारिने वा झूठा आरोपमा समाजमा बेइजती सहन पर्ने पीडाको तात्कालिक रुपमा अन्त्य भयो । मानिसहरूलाई लाग्यो होला, अब ताली र मत दिएको भरमा सुरक्षा हुने भयो र राति कुनै डर बिना आनन्दले सुत्न पाइने भयो । विशेषतः महिलाहरूले राति उठेर डरले खाना बनाई दिनु पर्ने, अरु सेवा गर्नु पर्ने अवस्थाको अन्त्य भयो । त्यस्तै, घरभित्रै सुतेको बेलामा घरमा नै आगो लगाउने अवस्थाबाट मुक्ति पाइने भयो । त्यति मात्र होइन हिजोसम्म सामन्त, प्रतिक्रियावादी आदि आरोप लाग्ने गरेकोमा अब त्यो डर भएन बरु सम्पति बचाउनको लागि, इज्जत बचाउनको लागि हम्मे हुने अबस्थाको अन्त्य त भयो नै, अब ती रिसाहा र देख्दै राक्षसका अवतार र जिउँदै नरक लग्न खोज्ने बन्दुक बोकेकाहरू हात मिलाएर कमरेड भन्ने भए । कहिलेकाँही खानसम्म दिन परे पनि उनीहरूले इज्जत गर्ने भए । उनीहरूले खाएका भाँडा माझ्नै नपर्ने भयो । आर्थिक अवस्था उस्तै रहँदा पनि र अझ चन्दा समेतका बोझ र डरहरू हट्दा पनि एकै चोटी सामन्तबाट सर्वहाराको पक्षधर हुन पुगियो । ब्यक्तिगत जीवनमा सजिलो भयो । कस्तो विडम्बना ? सम्पति बचेपछि सर्वहारा बन्न पाइने भयो । जबरजस्ती लादिएको यो कस्तो परिभाषा हो हँ ? सम्पत्ति कमाएर सुखी हुने सपना देख्नेहरू अब सम्पति नलुटिँदा, परिवारको इज्जत नलुटिँदा तथा अन्य आरोप नलाग्दा पनि खुसी हुने भए । के खुसीको सीमा र असीमित खुसीमा कुनै लक्ष्मण रेखा छ ?

महामानव बी. पी. ले भन्नु भएको छ लोकतन्त्रको रुप जस्तो पनि– हुन सक्दछ तर त्यसमा सत्ताधारीहरू सरह अरु विचारहरूलाई पनि जनताले आवधिक रुपमा छान्न पाउनु पर्दछ । उहाँको विचारमा त्यसो नहुँदा जोसंग बढी ठूलो तरवार छ उसैको शासन हुन्छ । बी. पी. का यी अवधारणाहरूका आधारमा पनि तरबार (बल प्रयोग) लोकतन्त्रको गुण हुन सक्दैन । दलका हतियारधारी जत्था र दलका लडाकुहरूको आधारमा राजनीति हुनु र राज्यको ढुकुटी प्रयोग हुने संस्थामा दलका भातृ संङ्गठनहरू हुनु लोकतन्त्रको परिचय होइन । तर लोकतन्त्रवादीहरूले पनि फलामले फलामलाई काट्छ भन्ने मान्यताका आधारमा एकदलीय सर्वसत्तावादीको एकछत्र राजबाट बचाउन संगठन खोल्नु पर्ने अवस्था आउन सक्दछ । तर त्यो अस्थायी र फलामले फलामलाई काट्ने हदसम्म मात्र ।

क्रमस …..

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु