शनिबार, मंसिर १७, २०७९

मानव स्वभाव..

pen-copy-gift-150x150 -शोभाकर पराजुली

मानव स्वभावको सामान्य रुप भनेको निरपेक्ष रुपमा विचार गर्दा यसमा कुनै वातावरणबाट दिमागमा कुनै विषयप्रतिको पूर्वाग्रह भरिएको छैन भने निष्पक्ष हुनु नै हो । सामान्यतः आफ्नो स्वार्थ नभएका विषयमा मानिस जानेसम्म निष्पक्ष बन्न चाहन्छ । नजान्ने भनेको परम्परा, संस्कार तथा समाज र केही कुराको प्रभाव हो । ती विषयहरुबाट मुक्त हुन सकेको छैन भने उसबाट नजानेर नै गल्ति हुन सक्दछन्। उसको त्यो गल्ति आफैंले नबुझेको कारणले अन्जानमा भएको मात्र होइन बरु विवेक पनि धुमिल भएर हुन पुग्छ । एक पटक हामीहरु लोकल कुखुराको मासुसंग खाना खान जाँदै थियौं । एउटा साथीले मानिसहरुले मुसाको पनि मासु खान्छन् भन्ने कुरा गर्नु भयो । अर्को साथीले छिः छिः त्यस्तो कुरै नगर्नु होस् मलाई त खाने बेलामा त्यस्तो फोहोर कुरा गर्दा वान्ता होला जस्तो हुन्छ भने । तर कुरा त्यतिमा सीमित रहेन । अर्को मित्रले भन्नु भयो, तपाई हामीले खाने कुखुराले के के खान्छ ? त्यो तपाइँलाई थाहा छ ? तर मुसाले त खाने कुरा भनेको वास्तवमा अन्न हो । मुसो सफा कि हामीले मासु खाँदै गरेको पंछी सफा ?bookवास्तवमा मुसा नै सफा हो भन्ने निष्कर्ष निस्केको थियो । तर हामीहरुको परम्पराले आचरणलाई निर्देशित गरेको छ । हामी बे्रनवास भएका छौं । मांसाहारीले मुसा खानै नहुने कुरा होइन । वास्तवमा वैज्ञानिक कारणले अन्यथा नभए परंपरालाई हामीले सामान्यीकरण गर्न सक्नु पर्दछ । अर्थात्् हरेक विषयमा मानव मात्र भएर मानवीय स्वभाव अनुसार र मानव हितका लागि विवेकको प्रयोग । मानव स्वभाव धेरै कुराले निर्देशित हुन्छ । तिनीहरुलाई विवेकले सही बाटोमा लग्न सक्नु पर्दछ । विवेक निष्पक्ष चिन्तनबाट मात्र प्राप्त हुन्छ । त्यो निष्पक्ष चिन्तन निरपेक्ष भएर मात्र आउन सक्दछ ।
पछि त्यसलाई सापेक्षताको आधारमा विश्लेषण गर्न सजिलो हुन्छ । मानिसमा लोभ हुन्छ । लोभ भनेको आफ्नो लागि, परिवारको लागि वा आफन्तको लागि हुन सक्दछ । लोभ पनि पैसाको लोभ, इज्जतको लोभ, मान वा पदको लोभ आदि हुन्छन् । त्यसैले हामीले राजनीतिमा होस् वा अन्य पक्षमा मानिसको कमजोरी लोभ हो भन्नेमा आफूलाई प्रष्ट पार्न सक्नु पर्दछ । कुनै वाद, विचार, धर्म, संस्कृति, परम्परा, भाषा, खाना, पहिरन आदिलाई मानवता र परिस्थितिजन्य आवश्यकतासँग विश्लेषण गरेर मानवीय एकता र हितलाई सहयोग गर्नेलाई मात्र आफ्नो मान्ने सोच (विवेक) वास्तवमा नै मानवीय आवश्यकता हो । त्यो लोभको बारेमा कृष्णले भन्नु भएको छ कि–मानिसमा इच्छा वा कामना जागृत हुन्छ । त्यसलाई पाउनको लागि प्रयत्न हुन्छ । प्रयत्न गर्दा कसैले बाधा गरेमा रीस उठ्छ । रीस उठेपछि सत्य र गर्नु पर्ने के हो भन्ने छुट्याउने विवेकको अन्त्य हुन्छ । जब विवेकको अन्त्य हुन्छ, मानिस नराम्रो कार्य गर्न थाल्दछ । त्यसले सर्वनास गर्दछ । त्यो सर्वनास उसको लागि मात्र होइन समाजको लागि पनि हुन्छ । उसको इज्जत समाप्त हुन्छ वा कम हुन्छ । उसको गल्तिको सजाय समाजले पनि भोग्दछ र अझ दुखद पक्ष भनेको त्यो समाजले पनि गलत कुरालाई सिक्दछ । संस्थालाई पनि यसले धरासायी बनाउँदछ । दलहरुमा पनि आफ्नाहरुलाई माथि लग्ने कार्यले मानिस बदनाम हुन्छन् र दलले उचित निर्णय लिन नसके दलको साख पनि खतम हुन्छ । यसको विकल्प के त ?

क्रमश …..