बिहिबार, मंसिर १४, २०८०
Dashain

मस्यौदामा जनताले अभिव्यक्त सुझाव सहितको संविधान आउँने उपप्रम सिहंको विस्वास

काठमाडौ श्रावण १५ , गत बैशाख १२ गतेको महाभूकम्पबाट क्षतिग्रस्त राजधानीको इन्द्रचोकस्थित आँगनघरको पुनःनिर्माणको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले नयाँ बन्ने संविधान कुनै एक दलको चाहनाअनुसारको भन्दा पनि सबैको साझा दस्तावेजका रुपमा आउने बताउनुभएको छ ।

त्यस्तै सम्बोधनको क्रममा उहाँले आ आफ्ना कुरा मात्रै राख्न खोज्ने तर अरुको कुरा राख्न नदिने दलहरुको प्रबृत्तिका कारण संविधान निर्माणमा ढिलाई भईरहेको टिप्पणी गर्दै श्रावण महिनको अन्तसम्ममा मुलुकले नयाँ संविधान पाउने विश्वास व्यक्त गर्दै जन सुझाव संकलनको क्रममा प्राप्त जन सुझावलाई समग्रमा समेटिने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा सभासद नविन्द्रराज जोशी , ध्यान गोविन्द रञ्जित , रामविर मान्नधर पूर्व मन्त्री हिसिला यमी , काठमाडौं जिल्ला प्रशासान कार्यालयका प्रमुख एकनारायण अर्याल तथा कामापाका प्रमुख रुद्रसिहं तामाङ लगायतका व्यक्तिहरुको उपस्थिती  रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु