शनिबार, मंसिर १७, २०७९

“मन खुलेको अन्तिम चिठ्ठी”

 मन खुलेको अन्तिम  चिठ्ठी तिम्रो
च्यातेर फाल्ने कुरा भएन
बिझाउने शब्दहरु तिम्रा
भुलेर फेरी माया लाउने कुरा भएन

झुक्किएर तिम्रो झझल्को आउँदा
उहि पुरानो माया गहिरिन खोज्दा
नयाँ गोरेटो सोझ्याउने चिठ्ठी तिम्रो
च्यातेर फाल्ने कुरा भएन
तृष्णामा मुछिएका हेराई तिम्रा
नबुझे झैं गर्ने कुरा भएन
मन खुलेको अन्तिम चिठ्ठी तिम्रो
च्यातेर फाल्ने कुरा भएन

अनायासै तिमी संग नाम जोडिन पुग्दा
दई प्राण एक हौं भन्ने भ्रम फिजिंदा
तिरष्कारको डढेलो झोस्ने चिठ्ठी तिम्रो
च्यातेर फाल्ने कुरा भएन
नया“ घरमा टेकेका पाइला तिम्रा
नदेखे झैं गर्ने कुरा भएन
मन खुलेको अन्तिम चिठ्ठी तिम्रो
च्यातेर फाल्ने कुरा भएन

  गौतम डंगोल “सन्देश”