काठमाडौ आषाढ २५, संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितीले भिएलएन नेपाल गैरकानुनीरुपमा चलेको र बढि शुल्क लिएको भन्दै कम्पनी रजिष्ट्रर कार्यालयलाई दर्ता खारेज गर्न निर्देशन दिएपछि मलेसिया जाने नेपालीहरुको भीषा सरलीकरणको काम गरिरहेको मलेसिया भिएलएन नेपाल प्रालि खारेजको माग गर्दै आज राजधानीमा प्रर्दशन गरिएको विरोध -यालीमा सहभागी ।भिएलएनले प्रति राहदानी १०५ रिंगेट अर्थात ३२ सय रुपैयाँ भिषा प्रोसेसिङ शुल्कका रुपमार भिसाका लागि ७ सय रुपैयाँ र भिसाका लागि ७ रुपैयाँ लिँदै आएको छ । मलेसिया जाने कामदारलाई आर्थिक भार थपियो भन्दै विरोध भएपछि भिएलएनका विषयमा चर्चा बढेको हो ।