बुधबार, असार २२, २०७९

भारतमा मोदी सरकारको आगमनसंगसंगै दुई देशको जन-भावनामा देखिएको परिवर्तन

pen-copy-gift-150x150-गोबिन्द पोखरेल
विशाल भारतमा समयको परिवर्तन संगसँगै विकास निर्माण तथा राजनैतिक परिवर्तन आएका कारण विश्वको मानचित्र मा २० औं शताब्दि मैं भारतले महान भारत को दर्जा का लागी क्षितिज चुम्न सके पनि भारतबर्षभित्र रहेको तर सार्वभौम सम्पन्न स्वतन्त्र मुलुक नेपालमा राजनैतिक परिवर्तन त भए तर त्यसको निकास र विकामास भने अलिकति पनि उन्नती हुन सकेन। दशकौ पछि भारतमा प्रधानमन्त्रीको हैसियतमा आएका नरेन्द्र मोदीको ब्याख्यानले भारतीय तथा नेपाली जन मानसको सोंच मै उथल पुथल मच्चाईदिदा मित्र राष्ट्रविचको जनभावनामा पनि ठुलो परिवर्तन आएको देखिन्छ। राष्ट्र र राष्ट्रियता प्रति दृढ संकल्प लिएका महान ब्यक्ति भारतीय प्रधानमन्त्रीले मुलुक बाहिर गएर जुन सुकै मुलुकमा पनि राष्ट्रिय भाषा हिन्दी भन्दा अरू भाषा अंगिकार गर्न सकेनन्। चाहे त्यो अमेरिकी सिनेट होस वा वेलायली संसद।  तर विश्व मानचित्र मा जुम्ल्याहा भाईको जस्तो सम्बन्ध बोकेका दुवै देशको वास्तबिक सम्बन्ध के हो ? भन्ने कुरा पनि मोदीले दशकौं पछि वकालत गरे। उनले नेपाली संविधानसभा भवनमै नेपाली बोलेर नेपाली जनताको मात्र हैन वल्कि विश्व भरीका नेपाली भाषी एवं गोर्खालीको मन मष्तिस्क मा बलियो छाप छोडिदिए। त्यो इतिहास कोर्ने इतिहास कारको लागी पनि एउटा मिसाल बनेको देखिन्छ।  यसरी भारतमा नयाँ प्रधानमन्त्रीको आगमन संगै उनको नेपाल, नेपाली र गोर्खाली प्रतिको सकारात्मक सोंच का कारण नेपाली जनताको मानस पटलमा भारतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु स्वाभाबिकै थियो। एकातिर मोदी नेपाली जनताको दृष्टिकोणमा नेपालका प्रधानमन्त्री भन्दा बढि लोकप्रिय देखिएपछि नेपाली जनजनमा उनको प्रशंसा भईनै रहेको अवस्था छदै छ र अर्कोतिर उनको ब्याख्यान भारत का लागी नेपाल के हो ? भारतको सन्र्दभमा नेपाली वा गोर्खाली समुदाय को योगदान के हो ?  भारत नेपालको सम्बन्ध भौगोलिक, सामाजिक, साँस्कृतिक र भाषीक रूपमा एकैनाशे हो भनेर बिभिन्न सेमिनार र गोष्ठिमा मात्र भाषण गरेर अर्थ लगाउनुले मात्र सम्बन्धको विकास भएको मान्न सकिदैन, भन्ने जस्तो महान मोदी अभिब्यक्तिले भारतीय जन-जनको मानसिकतामा ठुलो परिवर्तन आएको देखिन्छ।

हुन पनि एकातिर भारतको दार्जिलिंग एवं वेष्ट वंगाल, देहरादुन एवं उत्तराखण्ड, उत्तर प्रदेश र विहार तथा नेपालका केही पहाडी जिल्ला र तराईका अधिकांश जिल्लामा वैवाहिक लेन देन भई नै रहेको देखिन्छ भने अर्कोतिर भारतका अधिकांश राज्यमा जस्तै खुल्ला रूपमा भारत नेपाल आवागमनको वाताबरणले पनि जनजनको सम्बन्ध हुनु राम्रो पक्ष नै मानिन्छ। इतिहासको पाना पल्टाएर हेर्दा भारतकै बिभिन्न राज्य अरूणान्चल प्रदेश, मिजोरम, मणिपुर, नागाल्याण्ड र त्रिपुराराज्यमा विना प्रवेशाज्ञा अरू प्रदेशको भारतीय नागरीकले प्रवेश पाउदैन। तर भारत नेपाल को सन्दर्भमा दुवै मूलूक सार्वभौम सत्ता सम्पन्न अलग अलग राष्ट्र हुन तथापी प्रवेशाज्ञा वा प्रवेश पत्रको आवश्यकता हुदैन। जुन सुकै कुनाको भारतीय नागरिक नेपाल सजिलै जान सक्छ भने जुन सुकै कुनाको नेपाली नागरीक भारतमा सजिलै विना प्रवेशाज्ञा भारत आउन सक्छ। यस्तो सम्बन्ध भएका दुई घनिष्ठ मुलुक विश्वको भूगोलमा कही कतै खोजेर पनि पाईदैन।  रामायण र महाभारत ग्रन्थले जोडेका यी दुई मुलुकको इतिहास आजको होईन वल्कि सदियौं अगाडि देखि घनिष्ठता पूर्ण हो। भगवान राम भारत भूमि अयोध्या का हुनुहुन्थ्यो भने माता सिता नेपाल भूमि जनकपुर की। ऋषि मुनिको उदगम स्थल, तप र जप गर्न योग्य ठाउ उत्तर भारत र नेपालको कारणले सत्य युग, द्वापर र त्रेता देखिको अटुट सम्बन्ध अहिले कलियुग मा आई पुग्दा दुई देशको सम्बन्धमा विगत केही समय अगाडी बिभिन्न कारणले खटास देखिए पनि मोदी अर्थात नयाँ सरकारको आगमनले त्यो सबै केहीहद सम्म निराकरण भएको छ। कलियुगको विनाश भनौ वा नभनौ तर भर्खरै नेपालमा गएको महाविनाशकारी भूकम्पको आहतका वेला तुरून्तै भारत सरकारले नेपाल प्रति सकारात्मक सोंचका साथ खेलेको भुमिका पनि कम महत्वपूर्ण भुमिका हो भन्न मिल्दैन। भारतका लागी नेपाली राजदुत दिपकुमार उपाध्यायले ओहदा को प्रमाण पत्र पनि नपाएको बेला आएको विपद प्रति भारतीय प्रधान मन्त्रि र गृह मन्त्रीले महामहिमको दर्जा दिएर न आत्तिनोस हामी साथ मा छौ। कहाँ, कतिबेला के गर्नु पर्छ सबै तह र तप्काबाट हामी सहयोग गर्न चाहान्छौ। यो भनाई राजदुत उपाध्यायले प्रेस सम्मेलनमा सुझाउनु भएको हुदा यो पंक्तिकार लाई विचमा जोड्न मन लागेको हो।

आपदको समयमा भारत सरकार सँगै भारतीय जनजनले हरेक क्षेत्रबाट देखाएको भुमिका ले पनि धेरै महत्व राख्दछ। पन्जाब देखि दर्जनौ गाडी सामान भरेर दशौ दिन सम्म हजारौं नेपालीलाई निरन्तर खाना ख्वाउने भारतीय र देहरादुन देखि दिन रात खटिएर राशन पानी बोकेर नेपाल पुर्याउने गोर्खाली अर्थात भारतभरीबाट सबै को आ(आफ्नो स्तरमा ठुलो योगदान रहेको पाईयो। मिडिया र अन्य बिभिन्न निकायबाट केही कमिकमजोरी देखिए पनी भारतीय मिडियाले पनि आपदको समय ठुलो भुमिका निर्वाह गरेको हो भन्ने सन्र्दभमा कुनै पनि संकोच राख्नु एउटा वीर गोर्खाली एवं नेपाली समूदायको कुनै पनी ब्यक्ति विशेष लाई शोभा दिदैन भन्ने बुझिदिनुहुन आग्रह एवं अनुरोध पनी हो, यो पंक्तिकारको।  सोंच सकारात्मक राख्नाले सबै को भलो हुन्छ भन्ने कुरा नै विधी हो। विधीको परिधी भित्र रहेर काम गर्न सक्ने गोर्खाली एवं नेपाली वीर विश्व जगतमा सधै सफल रहे इतिहास ले देखाई सकेको छ। प्राकृतिक सम्पदाले बनाईदिएको अनौठो सम्बन्ध हिमालयको काखमा ठप्प बसेको देश नेपाल र त्यसै संगसंगै सिमाबद्ध भएको विशाल देश भारत। नेपालका नदी नालासर्लक्कै बगेर आए जस्तै परापूर्व कालदेखि नेपालीशरु रोजगारीको लागी आई रहने ठाउ। मूलभुत रूपमा हिन्दु धर्माबलम्विको बाहुल्यता भएका दुई मुलुक। तिर्थाटनका स्थापित धार्मिक ठाउ। जहाँ तिर्थ गर्न भारतीयको घुईचो नेपालमा र नेपालीको घुईचो भारतमा लाग्ने गर्दछ, कारण दुवै देश का तिर्थस्थानको दर्शन नगरे तिर्थ पुरा नहुने बताउछन जानकारहरू। चाहे बुबा आमा दुबै को देहान्त पछि काँशीगयामा आएर पिण्ड दिने अवस्था होस वा सबै तिर्थको दर्शन सकेपछि काठमाडौं श्री पशुपतिमा गएर सतबिउ छर्ने अवस्था ।

देवभूमि उत्तराखण्डमा अवस्थित चारधाम देखि दक्षिण भारत का बिभिन्न धार्मिक स्थलमा नेपालीको घुईचो लागे जस्तै नेपाल को मुक्तिनाथ, लुम्बिनी, मनकामना, काठमाडौ र जनकपुरधाम सम्म भारतीयको घुईचो लागेकै हुन्छ। यसरी प्राकृतिक एवं धार्मिक रूपले पनि बडो अनौठो सम्बन्ध बनाई दिएको इतिहास रहेको हुनाले पनि जन९जन को सम्बन्ध ले ठुलो महत्व राखेको हुन्छ र पहिले को सरकार भन्दा अहिले को सरकार पछि यसको राम्रो विकास हुदै गएको अवस्था श्रृजना भएको छ। तत्कालिन ब्रिटिसको तत्कालिन राणा शासकसंगको सम्बन्धका कारण यसरी नेपालमा लुकी-लुकी भारतको महान आन्दोलन लाई सघाउदै आएका भारतीयलाई राणाहरूले पक्रेर जेल हाले। तर नेपाली अग्रज आमा-बुबाले राणाले वन्दि बनाएका जेल नै तोडेर उनीलाई भगाई दिएका थिए भने भारत को परिवर्तन संगै नेपालको राजनैतिक परिवर्तन का महत्वपूर्ण घटना क्रमहरू भारत भुमि मै सहमती र सम्झौता पछि टुंगो लागेको इतिहासले देखाई रहेको छ। चाहे राणा शासन को अन्त्य होस, भागेर दिल्ली आएका राजाको फिर्ता को सवाल नै किन नहोस वा राजतन्त्र को अन्त्य संग गणतन्त्र स्थापना को बिषय यी सबै सम्बद्ध बिषयहरू को सम्झौता गर्ने थलो भारत भूमि नै रह्यो।   अब दुवै देषका नागरीक सचेत हुने अवस्था पनि हो की  भारत बर्षको कुरा गर्दा अमेरिका को पत्ता लगाउनु पूर्व विश्वभरी संस्कार र सँस्कृतिको धनी मानी हाम्रो यहि धर्ति रहेको पाईन्छ। यो भारत बर्षबाटै संस्कार र सँस्कृति सिकेका अंग्रेजहरूले आज अंग्रेजी भाषा को पढाई र मान्यता विश्व भरी अनिवार्य जस्तै बनाई दिएका छन। हाम्रो सँस्कृत भाषा भण्डारण गरेर राखे जस्तो देखिन्छ। यसका लागी उनीहरूले हामीलाई तोडे। हामी तोडियौ, आफुलाई बेच्यौ र उनीहरूलाई बढि महत्व दिदा हाम्रो भाषा मात्र हैन हाम्रो सर्वस्व उनीहरूले भण्डारण गरेर राखि दिए। वेद पुराण जस्ता ग्रन्थहरू मा उनीहरूले कब्जा जमाउन सफल भए। पूर्विय सभ्यता को अध्ययन गर्दा विश्व़ मा त्यस्तो कुनै वैज्ञानिक पाईदैन जसले वेदको  श्लोक उल्था नगरी नयाँ आविस्कार गरेको कुरा। त्यसैले यो पंक्तिकार लाई भन्न मन लागेको के हो भने, अव हामी दुवै देश का नागरीक सचेत हुन सके हाम्रो सँस्कृति, सभ्यता र रहन सहन अझै बचाउन सकिन्छ की १ यसका लागी जानकार हरूले बिभिन्न माध्यमहरूबाट प्रशिक्षण दिने की १ लेख्ने ले लेख्नु पर्यो, बोल्ने ले बोल्नु पर्यो। सबै नागरीक लागी परे, अब हामीसंग रहेको साख बचाउन सकिन्छ की भनेर  यो भारत बर्ष भित्र खास गरी भारत नेपालको जनभावना मा परिवर्तन सहित सम्बन्ध गाढा बनाउनका लागी।

 लेखक :नेपाल पत्रकार महासंघ भारतशाखाका सचिव हुनुहन्छ , प्रतिक्रियाको लागि  govindababu.pokhrel@gmail.com   

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु