शुक्रबार, मंसिर १५, २०८०
Dashain

भक्तपुर पत्रकार महासङ्घको दुई दिने भेलाको निष्कर्ष : गैरपत्रकार सदस्यता नवीकरण नगर्ने

काठमाडौ आषाढ २०, भक्तपुर पत्रकार महासङ्घको सम्पन्न दुई दिने भेलाले १० बुँदे घोषणापत्र जारी गर्दै महासंघमा यो वा त्यो बहानामा गैरपत्रकारको संख्या बढ्दै गएकोमा चिन्ता  व्यक्त गर्दै अव देखि त्यस्ता सदस्यको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण निर्णय गरेको छ ।  FNJ_logo2त्यस्तै गैर पत्रकारको लागि नयाँ सदस्यता वा नविकरणको लागि सिफारिस गर्ने सम्पादक, प्रकाशक तथा सदस्यता आवेदन गर्ने व्यक्तिलाई समेत कारबाही गर्ने नितिगत निर्णय गरेको छ ।

जिविस भक्तपुरको आर्थिक सहयोगमा शुक्रबारदेखि सुरु भएको भेला शनिबार सम्पन्न भएको थियो । साथै भेलाले संविधानको मस्यौदामा पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति नभएकाले त्यसलाई सच्याउनुपर्ने, सञ्चारकर्मीलाई समाचार सम्प्रेषण सुविधाका लागि महासङ्घ जिल्ला शाखालाई सूचना केन्द्रका रुपमा विकास गर्न पनि माग गरेको छ ।

भेलामा महासङ्घका उपत्यका इन्चार्ज ईश्वरी वाग्लेले राजनीतिक आस्थाका आधारमा महासङ्घको नेतृत्व कब्जा गर्ने रणनीतिका कारण महासङ्घमा गैरपत्रकार हाबी भएकाले सदस्यता छानबिनमा इमान्दारीका देखाए शुद्धीकरण सम्भव हुने बताउनुभएको थियो भने महासङ्घ भक्तपुर अध्यक्ष अमर भुजुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने सम्बन्धमा श्रमजीवीको तलब सुनिश्चित गर्न सञ्चारमाध्यमका परिचयपत्रलाई पनि नियुक्तिपत्रसरह मान्यता दिनुपर्ने माग केन्द्रमार्फत अगाडि बढाउन अभियान सुरु गरिने जानकारी दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु