काठमाडौं आषाढ ३०, विशेष स्कुल तथा पुनस्थापना केन्द्रले घरेलु तथा साना उधोग विकास समिति संगको समन्वयमा अटिजम भएका किशोरी , बालबालिका र तिनका अभिभावक , विभिन्न संस्थाको प्रतिनिधि तथा स्थानिय गरी १४ जना महिलालाई सिपमुलक तालिम दवारा आत्मनिर्भर गराई समाजमा
पुर्नस्थापित गराउने उदेश्य अनुरुप सञ्चालित एक महिने फेब्रीक पेन्टिङ तालिमको आज समापन गरिएको छ । तालिम समापन कार्यक्रममा सहभागीहरुलाई आज एक कार्यक्रमकावीच घरेलु तथा साना उधोग विकास समितिका उप निर्देशक नारायणमणि लामिछाने प्रमाणपत्र वितरण गर्नु भएको थियो । तालिममा प्रशिक्षक सुनिता श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै समापन कार्यक्रममा केन्द्र सञ्चालिका सबिता उप्रेतीले सम्पुर्ण प्रशिक्षार्थीहरुलाई बधाई दिदै घरेलु तथा साना बिकास समितिप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि घरेलु तथा साना बिकास समितिबाट यस्तै सहयोगका अपेक्षा राख्नु भएको थियो । विशेष स्कुल तथा पुनस्थापना केन्द्रले बिगत २ बर्ष देखि यस्ता शिपमुलक विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आइरहेको छ भने उत्पादित सामानहरु बिक्री गरी संस्थामा रहेका ४० जना अटिजम भएका बालबालिकाहरुको खाजा खर्च जुटाउँदै आएको कार्यक्रममा जानकारी दिईएको थियो ।