आइतवार, जेष्ठ १४, २०८०

पत्रकारमाथि भौतिक आक्रमण गर्ने सुरक्षाकर्मीलाई कारवाही गर : महासंघ

काठमाडौं श्रावण ५, नयाँ संविधानको मस्यौदामा जनताको राय सुझाव संकलन गर्न श्रावण ४ गते धनुषाको जनकपुरमा आयोजित एक कार्यक्रमका क्रममा सुरक्षाकर्मीबाट पत्रकारहरुमाथि भएको आक्रमण र दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको FNJ-logoजनाएको छ ।
महासंघका सचिव प्रभात चलाउँनेद्दारा जारी प्रेस विज्ञप्तिमा उपमहानगरपालिकास्थित उद्योग वाणिज्य संघको कार्यालय भवनमा भइरहेको सुझाव संकलन कार्यक्रममा समाचार संकलनका लागि पुगेका नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा उज्यालो ९० नेटवर्कमा कार्यरत पत्रकार शैलेन्द्र महतो र नेपाल टेलिभिजनमा कार्यरत पत्रकार श्रीनारायण साहलाई प्रहरीले गम्भीर चोट पुग्ने गरी कुटपिट गरेको उल्लेख रहेको छ ।
त्यस्तै विज्ञप्तिमा महासंघले प्रहरीले प्रेसको ज्याकेट लगाएका पत्रकारहरुलाई नियन्त्रणमा लिएर गरेको यसकिसिमको घटनाको घोर भत्र्सना गर्दै घटनाको छानविन गरी कुटपिटमा सम्लग्नहरुलाई कडा कारवाही गर्न र पत्रकारको भौतिक सुरक्षा तथा निर्वाध प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु