काठमाडौ आषाढ १८, नेपाल उद्योग वाणिज्य महासङ्घको आज सम्पन्न विशेष साधारण सभाले अध्यक्ष पदमा पशुपति मुरारकालाई निर्वाचित गरेको छ । यसअघि अध्यक्ष पदका प्रत्यासी रहेका भास्करराज राजकर्णिकार र भवानी राणाले उम्मेदवारी फिर्ता लिएपछि कार्यवाहक अध्यक्ष मुरारकालाई सर्वसम्मत रूपमा निर्वाचित गरेका हो निर्वाचित भएपछि अध्यक्ष मुरारकाले अगामी दिनमा महासङ्घलाई एकतावद्ध बनाउँदै व्यवसायीको हक हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।