काठमाडौ श्रावण १०, यशोदादेवी भगवानसिंह सिंह मेमोरियल ट्रस्ट एवं बृद्धाश्रमले नुवाकोट र रसुवाका ३७ विद्यालयलाई शनिवार नगद राहत वितरण गरेको छ । गत बैशाख १२ गते गएका विनाशकारी भूकम्प र त्यसपछिका श्रेखलावद्ध पराकम्पनले क्षति पु९याएका रसुवा र नुवाकोट ३७ विद्यालयलाई प्रति विद्यालय ४० हजारका दरले सहयोग रकम वितरण गरिएको ट्रस्टका महासचिव जगदिश्वर नरसिंह केसीले जानकारी दिनु भएको छ । महासचिव केसीका अनुसार नुवाकोटको सदरमुकाम विदुरमा गरिएको एक विशेष कार्यक्रममा बीच संस्थाका प्रमुख संरक्षक एवं सभासद् अर्जुननरसिंह केसीले सम्बन्धित विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधीलाई चेक मार्फत् सहयोग
रकम हस्तान्तरण गर्नुभएको हो ।
अमेरिकामा बस्ने नेपालीहरुमध्ये करिब १ सयजनाबाट र बेलायतमा बस्ने केही नेपालीहरुले भूकम्पपीडितहरुको लागि सहयोग स्वरुप ट्रस्टका सदस्य अमेरिकाबासी धनञ्जयनरसिंह केसीमार्फत ट्रस्टमा पठाएको १९ लाख ८२ हजार रुपैयाँ रकम राहत स्वरुप वितरण गरिएको थियो भने यसमध्य ४ लाख रुपैयाँ भने ट्रस्टले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकिएको छ ।
कार्यक्रममा संस्थाका प्रमुख संरक्षक एवम् सभासद् अर्जुननरसिंह केसी संस्थाका हध्यक्ष केदार नरसिंह केसी र महासविच जगदिश्वर नरसिंह केसी लगायतका वक्ताले राहत विशुद्ध समाजसेवा भएकोले यसलाई राजनीतिक रंग दिन नहुने बताउनुभयो । उहाँले समाजसेवाका क्षेत्रमा आफूहरुले महाभूकम्पपछि ट्रस्ट मार्फत विभिन्न कार्यक्रम गरेको भन्दै आउँदा दिनमा पनि यस्ता समाजसेवी कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनुभएको थियो ।