सोमवार, चैत्र ६, २०७९

नापी कार्यालय भरतपुरका बिचौलिया लेखन्दास पक्राउ, नापी अधिकृत फरार

कठमाडौं आषाढ १६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले नापी कार्यालय भरतपुरबाट मंगलवार दिउँसो रु एक लाखसहित एक जनालाई 300x221xciaa.jpg.pagespeed.ic.qmwlqPctyPनियन्त्रणमा लिएको जनाउँदै नापी अधिकृतसहित दुई जना भने फरार रहेको जनाएको छ । घटना अनुसार अनुसार मोतीबहादुर बराइलीको छुट जग्गा दर्ता गरिदिन्छु भन्दै नापी अधिकृत रमाकान्त आचार्यले पैसा माग गरेपछि बराइलीले आयोगलाई खबर गरी बिचौलिया लेखन्दास डिलबहादुर बुढाथोकी र हरि आचार्यमार्फत् रु एक लाख दिनुभएको थियो ।

तत्काल आयोग टोलीले छापा मारेपछि बुढाथोकीका साथबाट सो रकम बरामद भएको थियो । नापी अधिकृत आचार्य र बिचौलिया हरि आचार्य मोटरसाइकल लिई फरार भएको टोलीले आयोगको विशेष टोलीलाई उदृत गर्दै प्राप्त समाचारमा  उल्लेख गरिएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु