सोमवार, चैत्र १३, २०७९

नयाँ संविधानले पनि पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गर्ने मन्त्री डा. खड्काको विश्वास

काठमाडौ आषाढ १८, पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालाको ९२औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा सहरी विकास मन्त्री डा नारायण खड्काले अब जारी हुने संविधान सबैको साझा दस्तावेज हुने विश्वास व्यक्त गर्नुुभएको  छ । साथै उहाँले गिरिजाबाबुले सदैव प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्ने गरेको स्मरण गर्दै  नयाँ संविधानले पनि पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराइर्, राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, वरिष्ठ पत्रकार हरिहर विरही, नेपाल टे«ड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेत नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, युनियनका पूर्व अध्यक्षद्वय मुरारीकुमार शर्मा,समीरजङ्ग शाह, युनियनका सल्लाहकार तथा पूर्व महासचिव शिव लम्साल, महासङ्घका पूर्व सचिव जगत नेपाल, युनियनका उपाध्यक्षद्वय ईश्वरी ओझा र बाला अधिकारी, युनियनका महासचिव अजयबाबु शिवाकोटी, महासङ्घका केन्द्रीय सदस्य प्रकाश तिमिल्सिना र युनियनका अध्यक्ष बद्री सिग्देलल गिरिजावावुले लोकतन्त्र र प्रेस स्वतन्त्रताको लागि गर्नु भएको योगदानको चर्चा गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु