आइतवार, जेष्ठ १४, २०८०

धार्मिक विधिविधानअनुसार मनकामना मन्दिरको जग शिलान्यास गरियो

कठमाडौं श्रावण ६,  ४ सय वर्ष पुरानो प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको आज शिलान्यास गरिएको छ । आज बिहान १० बजेको साइतमा धार्मिक विधिविधानअनुसार गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले मन्दिरको जग पूजा गरेर मन्दिरको  शिलान्यास गर्नु भएको हो ।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको समेत उपस्थिति रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । रु १५ करोडको लागत अनुमानमा पहिले मन्दिर रहेकै जगमा पुनःमन्दिर निर्माण गर्न लागिएको गरिएपनि जगैदेखि भत्काएर बनाउनुपर्ने भएकाले लागत बढ्ने अनुमान जीर्णोद्धार समितिले गरेको उल्लेख गर्दै मनकामना मन्दिरको जग शिलान्यास गर्नुहुँदै प्रजिअ तिमल्सेनाले दुई वर्षभित्र मन्दिर पुनःनिर्माण गरिसक्नुपर्नेमा जोड दिनुभएको उल्लेख गरिएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु