बुधबार, अशोज १७, २०८०

धर्ममाथि हस्तक्षेप गर्न नहुँनेमा वक्ताहरुको जोड

काठमाडौ श्रावण १०, नेपाली काँग्रेसका वरिष्ठ नेता खुमबहादुर खड्काले नेपाली काँग्रेसले २००७ सालदेखि नै राजतन्त्र र हिन्दू वर्ण व्यवस्थाको पक्षमा वकालत गर्दै आइरहेका रहेको र हिन्दू धर्मको पक्षमा  आफ्नो अडान कायमनै रहेको बताउँनु भएको छ ।
Hinduविश्व हिन्दू महासङ्घ अन्र्तराष्ट्रि  समितिले आज राजधानीमा आयोजित नेपालको प्रस्तावित संविधान र हिन्दू अधिराज्य विषयक विचारगोष्ठी कार्यक्रममा बोल्दै नेता खड्काले् यस्तो अभिव्यक्ति दिनु भएको हो ।

भारतीय लोकसभाका माननीय सांसद गा]रक्ष पिठाधिश्वर श्री महन्त योगी आदित्यनाथको विशेष उपस्थिती रहेको  उक्त  कार्यक्रममा  महासङ्घका पूर्व अध्यक्ष भरतकेशर सिंहले हिन्दूले कसैको धर्ममाथि हस्तक्षेप गर्न नहुँनेमा जोड दिदै राजतन्त्र र हिन्दू धर्मको निर्णय गर्न जनमत सङ्ग्रह गरिनुपर्ने बताउँनु भएको थियो भने राप्रपाका महामन्त्री दीपक बोहराले पनि धर्मनिरपेक्षताको विरोधमा आफुहरुले आन्दोलन सुरु गरिसकेको बताउँनु भएको थियो । कार्यक्रममा स्वामी कमलानयनाचार्य, किशोरी महतो लयायतले कार्यक्रमको प्रस्तावित विषयमा बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु