काठमाडौ श्रावण १४, काँग्रेस राजनितीमा उदउमान नक्षत्रका रुपमा क्रियाशील रहदै मुलुकको प्रजातान्त्रिक आन्दोलनमा अनवरत लाग्दै
आउनु भएका स्वर्गीय चक्रमान डङ्गोलको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व डङ्गोलले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँनु भएको छ ।
त्यस्तै काँग्रेसमा महामन्त्री समेत रहेका उप्रप्रम सिहंले काँग्रेसका संस्थापक नेताहरुद्दारा अभिव्यक्त विचारलाई स्थापित गराउन अहोरात्र क्रियाशील स्व डङ्गोलको निधनले उहाँको परिवारलाई मात्र नभई सिङ्गो नेपाली काँग्रेसलाई क्षति पुगेको बताउनुभएको छ ।
त्यस्तै श्रद्धाञ्जलि सभामा काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् नवीन्द्रराज जोशी, काठमाडौं काँग्रेसका सभापति तथा सभासद् भिमसेनदास प्रधानले स्व डङ्गोल बहुआयामिक व्यक्तित्व भएको चर्चा गर्दै उहाँको स्मरणमा सङ्घसंस्था स्थापना गर्नुपर्ने धारणा राख्नु भएको थियो । त्यस्तै ज्यापू संस्कृति विकास कोषका संरक्षक तीर्थमान डङ्गोल लगायतका स्व डङ्गोल आवद्ध विभिन्न संघसस्थाका प्रतिनिधीहरुले उहाँको नेतृत्वदायि भूमिकाको सस्मरण गर्नु भएको थियो ।