शनिबार, अशोज ६, २०८०

घुस लिएको अभियोगमा डिभिजन सडकका इन्जिनियर र सब इन्जिनियर रङगेहात पक्राउ

काठमाडौ श्रावण ७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक कालोपत्र गर्ने ठेकेदारसँग घुस लिएको आरोपमा डिभिजन सडक नं २ टेकुका इन्जिनियर र सब इन्जिनियरलाई आज रङगेहात पक्राउ गरेको छ ।

आयोगका अनुसार काठमाडौँ चन्द्रागिरि नगरपालिकाअन्तर्गत त्रिदेवीमार्ग दहचोकको सडक कालोपत्र गर्न जारी ठेक्कासँग सम्बन्धित व्यक्तिसँग घुस लिएको सूचनाका आधारमा आयोगको टोलीले आज कलङ्कीबाट तिनलाई पक्राउ गरेको हो । सो कार्यालयका इन्जिनियर ललिजन खनाल र सब इन्जिनियर गोविन्द गैरेलाई ठेकेदारबाट घुस लिँदै गरेको अभियोगमा पक्राउ गरिएको हो । अभियुक्तमाथि थप अनुसन्धान जारी रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु