काठमाडौ आषाढ २४, नवोदित गायक आर्जन पाण्डेयको नयाँ सपना एल्वम सार्वजनिक भएको छ । उक्त एल्वममा म्यूजिक भिडियो ओइलिएर झर्न दिन्न नामक गीत यु टुवमा अपलोड भएपछि एकै दिनमा १२ हजार दर्शक श्रोताले म्युजिक भिडीयो हेरि सेकेका छन् । उक्त गीतको रचनाकार डी.पी खनाल र संगीत किरण कँडेलले दिएका छन् । म्यूजिक भिडीयोमा कलाकार केकी अधिकारी र निराजन थापा र वालकलाकर मानभी खड्का रहेका छन् ।
गायक आर्जन पाण्डेयले अर्को म्युजिक भिडीयो छिट्टै दर्शक श्रोतामाझ ल्याउने वताएका छन् । गायन क्षेत्रमा लाग्नुमा आफ्नो ममी कवयित्री अनुराधा पाण्डेय, बाबा निरोज पाण्डेय र दाई अमिन पाण्डेयले हौसला दिनु भएको हुँदा गाउन थालेको वताए ।