कठमाडौ आषाढ १६, नेपालकालागि इजरायलका राजदूत एरोन मेयरले काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्सँग शिष्टाचार भेटघाट गर्दै काठमाडौंको पुनर्निर्माणकालागि सहयोग गर्न आफू इच्छुक रहेको धारणा राख्नु भएको छ । मंगलबार प्रमुख तथा कार्यकारी अधिकृतको कार्यकक्षमा भएको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
काठमाडौंको सहरी विशेषता अन्य सहरको तुलनामा फरक छ, विश्व सम्पदा क्षेत्र भएको स्थान भएकाले यसको पुनर्निर्माणमा राष्ट्रिय अन्तरराष्ट्रिय काननुहरु आकर्षित हुन्छन् । धारणा राख्दै राजदूत मेयरले आपसी छलफलबाट सहयोगको ढाँचा तयार पार्न सकिने बताउनु भयो ।भेटका क्रममा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्गले भूकम्प पछि काठमाडौं सहरका देखिएका समस्याका विषयमा जानकारी गराउनु भएको थियो ।
छलफलको अधिकांश समय महानगरपालिकाको भित्री सहर र व्यवस्थापनका चुनौतीका विषयमा केन्द्रीत हुनुको अलावा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारीहरुसहितको छलफलमा राजदूत मेयरले यस बर्ष अंग्रेजी महिनाको अक्टोवरमा इजरायलको जेरुसलममा हुने मेयर सम्मेलनमा भाग लिन महानगरका प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्गसहितको टोलीलाई निमन्त्रणा गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।