मङ्लबार, जेष्ठ २३, २०८०

कांग्रेसको आसन्न १३ औं महाधिवेशन एकसाताको लागि सर्यो

काठमाडौं आषाढ २५, संविधानको मस्यौदामाथिको छलफलका लागि पार्टी लाग्नुपर्ने कारण दर्शाउँदै नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशन यसअघि प्रस्तावित मिति भन्दा एकसाताको लागि सरेको छ । शुक्रबार बसेको कांग्रेसका पदाधिकारीको बैठकले महाधिवेशन एकसाताको लागि सार्ने निर्णय गरेको काँग्रेस CONGRESS-PARTY-OFFICEप्रवक्ता दिलेन्द्रप्रसाद बडुले बैठक पछि जानकारी दिनु भएको छ । कांग्रेसको आसन्न १३ औं महाधिवेशन यसअघि भाद्र २४ देखि २८ गतेसम्म हुने तय भएको थियो । अव महाधिवेशन आश्विन २ देखि आश्विन ५ गतेसम्म काठमाडौंमै हुने प्रवक्ता बडुले जानकारी दिनु भएको छ ।

त्यस्तै काँग्रेसले महाधिवेशनको मिति एकहप्ता पर सार्ने निर्णयभएलगत्तै जिल्ला नगर र क्षेत्रका अधिवेशन पनि सर्ने भएको छ । जसअनुसार भाद्र १ गते गाउँ र नगर, ७ गते निर्वाचन क्षेत्र, १० गते जिल्ला अधिवेशन हुने भएको छ । छ । यसअघि गाउँ, नगरको अधिवेशन रुावण १४, क्षेत्रीय अधिवेशन रुावण २२ र जिल्ला अधिवेशन रुावण २६ गते हुने गरी तालिका तोकिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु