शुक्रबार, जेष्ठ १९, २०८०

आयुमीद्धारा विद्यालय उद्घाटन

काठमाडौं आषाढ १७, शैक्षिक तथा सामाजिक विकास केन्द्र एसोडेकको संयोजकत्वमा र ओसाका इन्सु्रेन्स एसोसिएसन जापान ओसाका का अध्यक्ष कुरोशि  मित्सुहिसाको सहयोगमा निमार्ण गरिएको सिन्धुली जिल्लाको कुशेश्वर दारिमबोट स्थितमा नेपालथोक प्राथमिक विद्यालयको दुई कोठे भवनको उद्घाटन गरिएको छ । एसोडेक नेपालको सल्लाहाकार समाजसेवी आयुमी फूकाईले उक्त स्कूलको उद्घाटन गर्नु भएको हो ।

त्यस्तै नेपालमा भुकम्पले प्रभावित नेपालीलाई सहयोग गर्न नेपाल आउनुभएको आयुमीले काठमाडौँ को रामकोट र नन्दीरात्री स्कुलको स्कुलका वालवालिकालाई पनि विभिन्न सामाग्री सहयोग गर्दै आयुमीले –जापानमा कोहि पनि गरिवी भएकै कारण पढईबाट बन्चित नभएको प्रसंग उल्लेख गर्दै उहाँले नेपाललाई शिक्षा क्षेत्रको लागी सहयोग गदै जाने वचनवद्धता प्रकट गर्नु भएको थियो ।

सिन्धुली दुम्जाको नेपालथोक प्राविको दयनिय अवस्था देखेर चिन्ता लागेको पनि बताउनु भयो र उक्त कार्यक्रममा स्कूलका संचालक समितिका अध्यक्ष जीतबहादुर नेपाली र प्राध्यापक मन्जु ठकुरीले आयुमी र एसोडेकलाई सहयोग गर्नुभएकोमा धन्यवाद प्रदान गर्नु भयो साथै उक्त स्कुलमा ७५ जना विधार्थी अध्यनरत छन् त्यस मध्ये ६० प्रतिशत विधार्थी जनजाती दलित रहेका छन् ।