बिहिबार, मंसिर १४, २०८०
Dashain

आगामी कात्तिकदेखि श्रमजीवी पत्रकारको रु पाँच लाखको दुर्घटना बिमा

काठमाडौं आषाढ ३१ ,सरकारले करिब १० हजार ७८ श्रमजीवी पत्रकारलाई रु पाँच लाखको दुर्घटना बिमा आगामी कात्तिक महिनादेखि गरिदिने भएको छ । नेपाल पत्रकार महासङ्ले उपलब्ध गराएको तथ्याङ्कको आधारमा सूचना विभागले आज पत्रकार सम्मेलनको आयोजना _DSC0723गर्दै पत्रकार दुर्घटना बिमाको जानकारी दिएको हो । त्यस्तै विभागले बिमाका लागि सरकारले रु तीन लाख ७५ हजार र श्रमजीवी पत्रकारले रु एक लाख २५ हजार लगानी गर्नुपर्ने विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले आज आयोजित कार्यक्रममा जानकारी दिनुभएको छ ।

त्यस्तै बिमाका लागि योग्य सदस्य हुन नेपाल पत्रकार महासङ्घको सदस्यता र सूचना विभागले जारी गरेको पत्रकार परिचयपत्र अनिवार्य लिएको श्रमजीवी र स्वतन्त्र पत्रकार हुनुपर्ने पत्रकार दुर्घटना बीमा ९ब्यबस्थापन० निर्देशिका,२०७० मा उल्लेख छ । निर्देशिकाले स्वतन्त्र पत्रकारका लागि ५० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार र दुर्घटनाको कारण भएको खर्चको रु दुई लाखसम्मको उपचार खर्चसमेत व्यहोर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।

पत्रकार दुर्घटना बिमाको सरल र प्रभावकारी व्यवस्थापन गर्न बिमा कार्यविधि र बिमा नीति बनाइएको छ, जसको अनुगमनका लागि विभाग र महासङ्घका प्रतिनिधि रहेको उपसमिति गठन गरिएको छ । निर्देशिकामा पत्रकारले परिचय र नियुक्तिपत्र लिएर मात्र समाचार सङ्कलन, सम्पादन तथा उत्पादन गर्न पाइने उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु