शुक्रबार, मंसिर २३, २०७९

अल्बाट्र्सको अमेरिका यात्रा

काठमाडौं श्रावण ८, चर्चित नेपाली रक ब्याण्ड अल्बाट्र्स संयुक्त राज्य अमेरिकाकोसांगीतिक भ्रमणमा निस्कने भएको छ । आफ्नो पछिल्लो Albatross 2एल्बम म र मलाईको प्रवद्र्धनका लागि दुई महिना लामोकन्सर्टको सिलसिलामा आगामी अगस्तको पहिलो हप्ता अमेरिकाका लागि प्रस्थानगर्न लागेको सो ब्याण्डका भोकलिस्टररिडम सिरिस डली, लिड गिटारिस्ट सन्चा भक्स(सन्नी मानन्धर), बेस अभयसिद्धि वज्राचार्य र ड्र्मर किस्मत डी श्रेष्ठ यसअघिअस्ट्र्ेलिया, संयुक्त अधिराज्य, बंगलादेश, भारत जहाँजहाँ पुगे, आआफ्नो प्रभावशालीकौशल प्रदर्शनमा दर्शक श्रोताको मन जित्न सफल भएका थिए ।

हाल न्युयोर्क, बोस्टन, शिकागो, डेन्भर, डायलस, अस्टिन, वाशिंगटन डीसी,मिनेसोटा, लसएन्जलस, सैनफ्रेन्सिस्कोलगायतका विभिन्न एक दर्जनभन्दा बढीशहरमा कन्सर्ट गरिने थाहा भएको छ । अल्बाट्र्सले अमेरिकाको बसाइमा हालैको महाभूकम्पबाट प्रभावित नेपाल अब सुरक्षित पर्यटकीय गन्तव्यमा परिणत हुँदै गएको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको पनि बताइएको छ ।