शुक्रबार, चैत्र १६, २०८०

भारतीय पत्रकार रामाशिषको निधन

काठमाडौं आषाढ १४, वरिष्ठ भारतीय पत्रकार रामाशिषको सवारी दुर्घटनामा परी ७८ वर्षको उमेरमा सोमबार उपचार गर्दा गर्दै निधन भएको छ । गत ज्येष्ठ २९ गते भारतको विहार राज्यको सीतामढीमा तीव्र गतिमा आइरहेको साइकलले ठक्कर दिएर घाइते भएका रामाशिषको उपचारका क्रममा सोमबार बिहान १० बजे 1779798_256394361205135_1001876796_nहिमाल अस्पताल कमलपोखरी काठमाडौंमा निधन भएको हो । उनलाई अन्तिम श्रदाञ्जली दिन भारतीय राजदूताबास लगायत नेपाली पत्रकार भारतीय राजदूताबासका उच्च अधिकारी , पेशाकर्मी / समाजसेवीको उपस्थिति रहेको थियो ।
भारतमा जन्मेर ४६ वर्षदेखि नेपाली पत्रकारितामा समेत कलम चलाउँदै आएका उनले ‘हिन्दूस्तान’ युृनिवार्ता समेतका लागि नेपालमा बसेर पत्रकारिता गर्दै आएका थिए । नेपाल–भारत सम्बन्धलाई नजिकबाट नियालेका रामाशिषले तत्कालीन समयमा भारतका विभिन्न पत्रपत्रिकाका लागि नेपाली नेता विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि महेन्द्र नारायण निधि गजेन्द्र नारायण सिंहसँग निकटमा रहेर नेपालमा लोकतन्त्रको स्थापनाको संघर्षमा अमूल्य योगदान दिएका थिए ।