शुक्रबार, बैशाख ७, २०८१

प्र.म कोइराला नेतृत्वको मन्त्रीपरिषदमा नै सबैभन्दा बढि भ्रष्टाचार गर्ने मन्त्रीहरु छ :जगदिश्वर नरसिंह केसी

जिवनको चार दशक भन्दा लामो समय यता देखि राष्टियता, प्रजातन्त्र, र समाजवादको मुल मर्मलाई आत्मासात गर्दै तत्कालीन निरंकुश राज्य व्यवस्थाको विरोधमा आफुलाई उभ्याउदै मुलुकको राजनितीमा होमिदै आउनु भएका व्यक्तिव हो जगदिश्वर नरसिंह केसी । प्ररखर वक्ता एवम जुझारु युवा नेताका रुपमा आफ्नोे पहिचान स्थापित गरिसकेका युवा नेता केसी हाल नुवाकोट काँग्रेसका सभापति एवम संविधानसभाका सदस्य पनि हुनुहुन्छ । २००७ सालदेखि काँग्रेसले उठाउँदै आएको संविधानसभाको एजेण्डा आजका दिनमा आइपुग्दा अती बामपन्थी र बिखण्डनकारीहरुको एजेण्डा भएको भन्ने जस्तो भ्रम सिर्जना गरिएकोमा आक्रोशित मुद्रामा यस्ता तत्वबाट अवका दिनमा सम्पूर्ण देश विदेशमा बस्ने हामी आमनेपालीले समयमै होश गर्नुपर्ने बताउँनु हुन्छ ।

11667919_10202969852445981_1874885059_nत्यस्तै महामानव वि पि कोइराला सुवर्ण शमसेर, किसुनजी र गणेशमानजीहरुको अथक प्रयासबाट स्थापित मुलुकको एक मात्र राजनैतिक शक्ति नेपाली काँग्रेस आजका मितिसम्म आईपुग्दा अनेक आरोह अबरोह पारगर्दै अधिकांश नेपालीहरुको संस्कार र जीवनशैली बनीसकेको विचार व्यक्त गर्नु हुँन्छ । काँग्रेसको महासमिति सदस्य समेत रहेका नेता केसी आफ्नो राजनैतिक जिवनयात्रको सुभारम्भ तत्कालीन समयमा मुलुकमा लाडिएको निरंकुश शासन सत्ता विरुद्ध बनेको विरोधको वातावरण, विधार्थी राजनितीको अलावा घरभित्रबाट आफ्ना दाजु अर्जुन नरसिंह केसीको प्रेरणा भएको बताउँनु हुन्छ । त्यस्तै मुलुकका प्रमुख चार दल वीच भएको १६ बुँदे सहमतिको भावना र यसवीचमा सहमतिका हस्ताक्षर गरेका कुनै दलले दुर्भाग्य पूर्ण निर्णय गरेन भने १६ बुँदे सहिमतिले जुन देशमा अवश्य संविधान घोषणा हुँने विस्वास बोकेको नेता केसी संग महाभूकम्प पछिको मुलुकको अवस्था र काँग्रेसको १३ औ महाधिवेशन लगायतका प्रसंगमा केन्द्रीत रहेर पत्रकारद्दय श्रीजन झा र योगेन्द्रप्रताप शाहीले गर्नु भएको वार्तालाभको सारअंश

० महाभूकम्प पछि मुलुकको स्थितिलाई एक जिम्मेवार सभासदको हैसियतले कसरी  विश्लेषण गर्नु भएको छ ?

गत बैशाख १२ गते आएको नेपालमा महाभूकम्प मुलुकका लागि र अहिलेको पुस्ताको लागि ठूलो दुर्भाग्य नै हो । म त्यो महाभूकम्पको दिन नवाकोटको पिपलटार मा गाडीमा हिंड्दै थिए । एकाएक भूकम्प आउँदा म चढेको गाडी नै अनियन्त्रित भईरहेको अवस्थामा हेर्दाहेर्दै आसपासमा रहेका घरहरु धराशायी भएको मैले देखें । त्यसपछि तत्काल म जहाँ छुँ त्यहिबाट भूकम्पले ढलेको घरमा पुरिएका सात जनालाई निकालेर मैले गाडिमा त्रिशुली अस्पताल पु-याउने काम गरे । त्यो दिन देखि निरन्तर लगभग हिजोेसम्म पनि सदरमुकाममा बसेर मबाट हुन सक्ने र मैले गर्नसक्ने सहयोग त्यहाँका जनतालाई गरेको छु । महाभूकम्प पछि लगभग हप्तादिनसम्म त मानवउद्धारको कार्यमा मात्र म लगायतका हाम्रा साथीहरु लागि परे । मलाई लाग्छ यस्तो विपदमा कुनै सभासद त्यसरी सदरमुकाममा निरन्तर रुपले बसेर जनताको साथ दिनेमा सायदै कुनै सभासद होलान । त्यस्तै दैवि विपत्तीले गरेको विनाशको पुर्ननिमा{ण  तथा पुर्नस्थापनाको लागि तत्काल के गर्न सकिन्छ । कसरी पिडाबाट आहात भएका प्रभावित क्षेत्रका जनताको पिडामा मल्हम लगाउँन सकिन्छ त्यसको लागि सरोकारवाला निकायमा जनआवाज मुखरित गर्ने प्रयासमा लागेको अवस्था हो । साथै तत्कालका जनताको पुर्नवासकाको लागि राहातस्वरुप पहिलो आवश्यकताको रुपमा पहिचान गरिएको त्रिपाल, खाद्यान्नको जोहो गर्नमानै मेरो ध्यान केन्द्रीत रहेको थियो ।

० तर विपद्को घडिमा जनताको लागि राज्यले केहि गर्न सकेनन भन्ने चर्चा पनि व्यापक छनि ?

पक्कै पनि अक्लपनीय रुपमा आइ लागेको बैशाख १२ को महाभूकम्प लगत्तै के गर्ने कसो गर्नेको अवस्था सिर्जना भएकै हो । त्यसमाथि पनि सरोकारवाला विज्ञहरुले घेरै अगाडि देखिनै जुनसुकै वेलामा पनि महाभूकम्प जस्तो प्राकृतिक विपद्को संभावना औल्याउँँदै आएपनि सरकारले विपत्तीबाट हुन सक्ने क्षति न्यूनिकरणका सवालमा कुनै पूर्व तयारी नगरेका कारण यस्तो अवस्था सिर्जना भएको हो । त्यसअर्थमा पनि यत्रतत्र सर्वत्र अन्यौल सिर्जना हुनुको अलावा तत्कालका लागि राज्यको उपस्थिती नदेखिएको हो ।

० तपाई पनि निति निमार्णतहमा हुनुहुन्छ । यसवीचमा आहत भएका जनताको लागि के योगदान गर्नु भो त ?  

मईले अगाडि पनि भने , महाभूकम्प पछि निरन्तर दुई महिना सदरमुकाममा बसेर जनसेवामा अविराम आफुले सक्दो सहयोग गर्ने सभासदको खोजी गर्ने हो भने विरलै भेटिन्छ । यहाँसम्मकी भूकम्प प्रभावित नुवाकोट क्षेत्रका तीनवटै निर्वाचन क्षेत्रलाई एकै क्षेत्र मानेर काम गरौ भनेर नितिगतरुपमा पहल सुरु गर्दै आवश्यकता अनुरुप सक्दो रुपमा नाना, छाना र खानाको व्यवस्थापन गर्नुको अलावा मेरा पुजनीय मातापिताको नाममा स्थापित ट्रस्टमार्फत ३ करोड भन्दा बढिको सहयोग वितरण गरेको अवस्था हो ।

० त्यसो त राहतका लागि आवश्यक त्रिपाल खरिद देखि राहत वितरणको क्रममा ठूलै आर्थिक चलखेल पनि भयो । के भन्नु हुन्छ ? 11652119_10202969851285952_920397312_n
संकटको घडीमा कसैले त्यस्तो अनैतिक क्रियाकलाप अर्थात राहतको नाममा अनियमितता, भ्रष्टाचार गर्छ भने त्यसलाई कुनै पनि हालतमा छोड्नु हुदैन ।
संकटको समयलाइ कसैले आर्थिकलाभका लागि ठूलो अवसरको रुपमा प्रयोग गरेको मईले पनि यहाँहरुकै सञ्चारमाध्यमबाट सुनेको प्रसंग मात्र नभएर जिल्ला देखि केन्द्रसम्म विभिन्न शक्ति केन्द्रका छेउछाउतिर खोज्ने वा हेर्ने हो भने धेरै ठूलो अनियमितता, भ्रष्टाचार र ठूला–ठूला घोटालाका श्रृखलावद्ध परिदृष्यको साक्षत्कार गर्न सकिन्छ । विपद्मा  आहतमा परेका जनतालाई राहतका नाममा त्रिपाल, जस्ता खरिदगर्ने देखि वितरण गर्ने क्रममा घोटाला गर्ने आर्थिक अपराधीलाई चाहे त्यो जुन सुकै तह र तप्काका किन नहुन राज्यले निष्पक्ष छानबिन गर्नुपर्छ र जनताको अगाडि उभ्याउँदै त्यस्ता अपराधीलाई नाङगेझार गर्नुपर्छ ।

० महाभूकम्पबाट भएको यो विचलनको अवस्थामा राज्यले अव के गर्नु पर्छ त ?
अवको राज्यको दायित्व भनेको स्पष्ट भिजन र निति सहित लाखौ वालवालिकाको भविष्य जोडिएको र महाभूकम्पबाट ध्वस्त भएको विद्यालयको निर्माण, खानेपानी, स्वास्थ्य चौकी र विधुतप्रसारण केन्द्रको पूर्ननिर्माण ,जिल्ला हस्पिटलको निर्माण, सरकारी भवनको निमार्ण र जनताको पुर्नवास संगसंगै समग्रमा भन्ने हो भने मुलुकको सामु सिर्जित यावत चुनौतिको व्यवस्थापन गर्दै चुुनौतिलाई अवसरमा परिणत गर्दै एकिकृत भिजन सहित वस्तीको विकास गर्दै भोलिका दिनमा यस्तो अवस्था सिर्जना भएपनि न्यून भन्दा न्यून क्षति हुँनेगरी यावत संरचनाको पुर्ननिर्माण गर्नुपर्छ ।

० महाभूकम्पबाट सिर्जित चुुनौतिलाई अवसरमा परिणत गर्नुपर्छ भन्दै गर्दा सरकार परिवर्तनको सवाल उठेको हो ? 

हेर्नुस , कुनैपनि सरकार आफैमा अजम्बरी हुँदैन । त्यसमाथि पनि यो सरकार सर्वदलिय सरकार । त्यस्तै काँग्रेस सभापति सुुशील कोइरालाको नेतृत्वमा नेकपा एमाले सहितको यो सरकार गठन हुँदै गर्दा यि दुईदलवीच सात बुँदे सहमति भएको थियो । उक्त सहमति अनुसार संविधानसभाबाट संविधान जारी गर्दै सरकारको नेतृत्व एमालेलाई दिने त्यसवेलानै भएको सहमति हो । सरकार परिवर्तनको कुरा सामान्य हो यस प्रसंगलाई ठूलो इसु बनाईराख्नु पर्छ भन्ने मलाई लाग्दैन ।

० महाभूकम्पबाट सिर्जित चुुनौतिलाई व्यवस्थापन गर्न्का लागि पुर्नस्थापना प्राधिकरणको गठन र नेतृत्वको सवालमा विभिन टिकाटिप्णी भईरहेको छ । के भन्नु हुँन्छ ?  

मुलुकको पुर्नस्थापना र पुर्ननिर्माणको लागि आवश्यक पूर्वाधार निर्माणको लागि सरकारले परिकल्पना गरेको दाता राष्ट्रहरुको सम्मेलन हुनु भन्दा अगाडि पुर्नस्थापनाका लागि संस्था बनाई सकेका छौ भनेर देखाउँदै दाता र मित्रराष्ट्रसंग सहयोगका माग्नका लागि सहज हुन्छ भन्ने धारणा पनि हो । तर गठित प्राधिकरणको नेतृत्व प्रधानमन्त्री कोईरालाले नगरेको भएपनि हुन्थ्यो । किनकी मुलुकको प्रधानमन्त्री लगभग चार दर्जन भन्दा पनि बढी संस्थाहरुको अध्यक्ष हुन्छ । मलाई लाग्छ यि मध्ये अधिकांश संस्थाको प्रधानमन्त्रीले एक चोटी पनि अध्यक्षता ग्रहण नर्गर्दै पदमुक्त भएको अवस्था छ ।  त्यसअर्थमा पनि यस्ता पदहरु प्रधानमन्त्रीको जिम्ेवारीबाट घटाउदैे जानुपर्ने समयमा पदको लागि पदको व्यवस्था गरिनु हुन्न भन्ने मेरो बुझाई हो । तर प्राधिकरणको हकमा भन्ने हो भने प्रधानमन्त्री स्वयंको छाता भित्र पुर्ननिमार्ण प्राधिकरणको निर्माण हुँदा दाता मुलुकहरुबाट सरल र सहज रुपमा सहयोग लिन सकिन्छ भन्ने सोच सहित उहाँको नेतृत्वमा दाता सम्मेलन पूर्वनै प्राधिकरणको गठन गरिएको होला । तर, मलाई लाग्छ यो हतारमा भएको निर्णय हो ।

हामीलाई दाताहरु सहयोग गर्न तयार छन् । तर, दाताहरुलाई उनिहरुले दिएको सहयोग सहि ठाउँमा, सहि कार्यमा र सहि रुपमा हुन्छ कि  हुँदैन भन्ने विश्वास हामीबाट उहाँहरुले पाउँन सकिरहेको अवस्था नदेखेका कारण प्रश्नवाचक चिन्हका रुपमा खडा भएका छन । त्यस्तै विभिन्न दातृ निकायले यस अगाडि दिएको सहयोग रकमको नत अर्थ मन्त्रालय नत योजना आयोगले सहि कार्यमा खर्च गर्न नसकिरहेको अवस्था छ । जसले गर्दा वर्षेनि लगभग ३५/ ४० प्रतिशत रकम फ्रिज भइरहेको अवस्था छ । यस अर्थमा पनि भिजनलेस हुँदै दातासंग सहयोग माग्नुको अलावा स्पष्ट धारणा सहित हामीलाई पैसा होइन पुर्ननिमार्णका लागि जस्तै लगभग ६ लाख भन्दा पनि बढी घरधुरी भत्केका छन् त्यस्तै कति स्कूल, सरकारी संरचना त्यस्तै एतिहासिक महत्वका पुरात्वात्तिक संरचनाहरु भत्केका छन् यी चिजहरुको पुर्ननिमार्ण कार्य गरिदिनुहोस भनेर दातासँग हामीले खुला दिलले भन्नु पर्छ । हामीलाई पैसा चाहिंदैन महाविनासकारी भुकम्पले गर्दा भत्केका संरचनाहरुको निमार्ण गरिदिनुस भन्दै उहँहरुको विश्वास जित्न सक्नु पर्दथ्यो । तर यहाँ त पैसा माग्ने होडवाजीनै चलेको अवस्था छ । त्यस्तै जुन मुलुकमा कुन मन्त्री हुलाकी बन्ने भन्ने बिषयमा प्रतिस्प्रर्धा सहित दाता सम्मेलनको लागि मित्र राष्ट्र भारतको चिठ्ठी बोकेर जाने विषयमा अर्थमन्त्री र 11652063_10202969852925993_1955495587_nविदेशमन्त्री चलेको रस्साकस्सी पनि यसको उदाहरण हो । कामकुरो एकतिर कुम्लो बोकी ठिमी तिर भने जस्तै यसवीचमा चलेको होेडबाजीको विवाद अहिले राष्ट्रिय रुपमा बाहिर आएको छ । सामान्य विषयमा विवाद गर्ने र सामान्य भन्दा सामान्य विषय पनि मिलाउन नसक्ने हामीहरु यत्रो ठूलो पुर्ननिमार्णको कार्य कसरी सम्पन्न गर्न सक्छौ भन्ने सवाल अहिले सतहमा आएको छ ।

० त्यसो त प्राधिकरण गठनको क्रममा प्रमको नेतृत्वलाई लिएर काँग्रेस भित्रैबाट विरोधका आवाजहरु उठिरहेका छन् यसमा तपाईको के धारणा रहेको छ ?

पुर्ननिमार्ण प्राधिकरण प्रधानमन्त्रीको नेतृत्वमा बनि सकेको हुनाले अब हामीले यो विषयमा धेरै विवादमा जानु हुँदैन । नहुँनु पर्ने भइसक्यो त्यस अर्थमा पनि पुर्ननिमार्ण प्राधिकरण जुन प्रधानमन्त्रीको अध्यक्षतामा बन्यो त्यसको विरोध नगरिकन यसैलाई शशक्त ढङ्गले अगाडि बढाउनु पर्छ । प्रधानमन्त्री क्याबिनेटका मन्त्री, मुख्य सचिव अन्य सचिवहरु र त्यहाँबाट छनौट भएका २५ जना विज्ञहरु पनि त्यसमा छन् । तर, वास्तवमा भन्ने हो भने प्रधानमन्त्री त्यसको अध्यक्ष होइन संरक्षकको रुपमा रहने र प्रधानमन्त्रीको निर्देशनमा पुर्ननिमार्ण कार्य हुने तर अध्यक्षता उरुलाई नै दिएको भए झन राम्रो हुनसक्थ्यो । किन भने हामीले विश्वास जित्नु छ दाताहरुको । दाताहरुको विश्वास जितेर बढी भन्दा बढी सहयोग हामीले कसरी जुटाउन सक्छौ भन्ने तिर ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ ।

० दाताहरुसंग सहयोग माग्दा वा प्राप्त भएका सहयोगमा अनियमितता भईरहेको छ भन्नु खोज्नु भएको हो ?
मुलुकको पुर्ननिमार्णको क्रममा स्वदेशी तथा विदेशी दाताहरुबाट अहिलेसम्म जतिपनि सहयोग संकलन भएका छन । त्यो सहयोगको प्रयोग लक्षित कार्ययोजनामा नै हुन्छ भन्न सक्ने स्थिती कदापी छैन । त्यसो त प्राप्त सहयोग रकमको कही कतै भ्रष्टाचार अनियमितता भयो वा कसैले ग-यो भने म कारवाही गर्छु जेल हाल्छु भनेर प्रधानमन्त्रीको अभिव्यक्ति आउँदै गर्दा पनि यसवीचमा भ्रष्टाचार भइरहेको छ । अनियमितता भइरहेका रहेको छ । तर, अहिले सम्म पनि प्रधानमन्त्रीले कोही कसैलाई कारवाही गरेको वा जेल हालेको कुनै केश छैन । यसले के देखिन्छ भने प्रधानमन्त्री आफु निष्कलंङक हुन खोज्ने तर, उहाँका प्रधानमन्त्री कोइरालालका नेतृत्वको मन्त्रीपरिषदका सदस्यहरु यसबाट कोइ पनि अछुतो भने छैनन् । यो वा त्यो बहानामा सबैभन्दा भ्रष्टाचार गर्नेहरु वर्तमानको मन्त्री मण्डलमानै छन् । समग्रमा भन्ने हो भने भ्रष्टाचार अनियमितताको जगमा यो मन्त्रीमण्डल उभिएको छ ।

० प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारी मन्त्री मण्डलको नेतृत्व गरिराख्नु भएको छ भन्नु भएको हो भने आधारहरु पनि त होला नि ? 

मुलुकमा सिर्जना भएको महाविपदको घडिमा कसले कहाँ भ्रष्टाचारको गर्यो भन्ने थुप्रै प्रसंगहरु विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा दिन प्रतिदिन आईरेका छन । त्रिपाल खरिद होस वा जस्ता खरिद नै किन नहोस यो त प्रतिनिधी उदाहरण मात्र हो । त्यस्तै सय र यस्ता अनेकन त्यस्ता भष्टाचार र अनियमितताका घटनाहरु छन । यसवीचमा भ्रष्टाचार हुन दिन्न, अनियमितता हुन दिन्न भन्दै अभिव्यक्ति दिने प्रधानमन्त्रीले तुरुन्त कारवाही  गरेर जेल हाल्न सक्नु प¥यो । प्रधानमन्त्री के हेरेर बसी रहनु भएको छ । शक्ति हुनेहरुले जे गर्दा पनि हुने र कमजोरले गरेको भेटाए मात्र कारवाही गर्ने प्रवृति देखियो । यदि त्यस्तो होइन भने प्रधानमन्त्रीले जति शक्तिशालि भए पनि वा आफ्ना दाँया बाँया बस्नेहरु भए पनि कारवाहीको भागिदार बनाउन सक्नु पर्छ । देशको यस्तो अवस्थामा पनि भ्रष्टाचार र अनियमितता भइनै रहेको छ ।

० पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्राधिकरणको नेतृत्व गर्ने ईच्छा व्यक्त गरेको अवस्थामा उहाँलाई नेतृत्वको मौका किन नदिएको होला ?

नेपालमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री वा नेताहरुले बोलेका कुरा कति सत्य साबित भए वा कति भएनन् त्यो हामीले अनुभूत गरेको विषय हो । यसमा धेरै बोलि रहनु पर्दैन । सबैको आ–आफ्नो भिजन हुन्छ । बाबुरामजीले यस्तो भन्नुले त्यो प्राधिकरणको उहाँ आफु अध्यक्ष बन्ने इच्छा राखेका रहेछन भन्ने बुझिन्छ । यस्ता विषयतिर जानु भन्दा पनि अहिले पुर्ननिमार्णको नाममा जे कामहरु हुदैछन् ति सबै ठिकै भइरहेका छन् वा हुँदैछन भनेर सकारात्मक सोच्ने हो । सकारात्मक तरिकाले काम गर्दै जाँदा जाहानिर गलत हुन्छ त्यसै बेला तत्काल कदम चाल्ने हिम्मत राख्नु पर्छ । मुलुकको पुर्ननिमार्णको लागि जो जहाँ छन त्यहिबाट सक्दो योगदान गर्ने हो नेतृत्वनै ठूलो कुरा होईन ।

प्रसंग बदलौ, काँग्रेसको १३ औं अधिवेशनको नजिकिदै गर्दा निकै चलखेल बढ्दो छ नि ?
संवैधानिक दायित्व अन्र्तगत पाँच वर्षमा नयाँ नेतृत्वको लागि हुन गईरहेको नेपाली काँग्रेसको यो अधिवेशनको क्रममा पार्टी भित्र गुट, उपगुट, शाखा उपशाखा भन्नुस वा पक्ष विपक्षको प्रारुपमा चलखेल हुनु स्वभाविक नै हा यो १३ औं अधिवेशनले नयाँ नेतृत्वको चयनका साथ–साथै नयाँ बिचार र आर्दशका साथ अगाडि बढ्छ भन्ने हामीले आशा र विश्वास गर्ने हो ।

० काँग्रेसले हचुवाको भरमा नेपाललाई धर्मनिरपेक्षता घोषणा ग-यो तर, विगतमा गरेको गल्तीलाई आत्मसात गर्दै काँग्रेस भित्रैबाटै अहिले सनातन हिन्दू राष्ट्र हुनु पर्छ भन्ने आवाज आईरहेको छ ?
यो सवालमा सापेक्षता वा निरपेक्ष भनेर सबैले आ–आफ्नो कुरा राख्नु भनेको स्वाभाविकै हो । सबैले आ–आफ्नो कुरा राख्न पाउने अधिकार छ । तर म चाहि धार्मिक स्वतन्त्रता हुनु पर्छ भन्नेमा विश्वास राख्छु । त्यस्तै लगभग सवा दुई करोड भन्दा पनि बढी नेपाली जनता कुनै न कुनै धर्मसँग जोडिएको अवस्था छ ।
मुलुक ले कोल्ट फे¥यो । मुलुकमा गणतन्त्र आयो । २०६४ साल भन्दा अगाडिको व्यवस्थाले त्यसलाई स्विकार्यो । ९१ प्रतिशत सनातन धर्मावलम्बि भएको मुलुकमा सनातन धर्म हिन्दू राष्ट्र हुनु पर्छ वा त्यसको मागमा शशक्त आवाजहरु एठ्नु गलत कुरा गलत होइन । केही सिमितलाई अधिकार दिने नाममा ९१ प्रतिशतका अधिकार हनन गर्नु ठूलो गल्ती हो । यो विषयमा संविधानसभा भित्र पनि सशक्त रुपमा कुरा आईसकेको अवस्था छ । मैले मेरो कुरा भन्ने हो भने सबैले आ–आफ्नो धर्म मान्न पाउनु पर्छ त्यसैले धार्मिक स्वतन्त्रता हुनु पर्छ भन्ने मेरो मान्यता हो ।

० काँग्रेसले वीपी कोइरालाको चिन्तन, विचारलाई छोडेको आरोप छ नि ? 

हो यो शतप्रतिशत सहि प्रसंग हो । महामानव वीपी कोइरालाको मार्ग विचार वा चिन्तनलाई हामीले छाड्दै अग्रगामि फड्को मार्दै आएका छौ त्यसमा दुई मत छैन । हिजोका दिनहरमा संवैधानिक राजतन्त्र भनेर वीपी कोइरालाको मार्गलाई हामीले पन्छ्याउदै संवैधानिक राजतन्त्रलाई छोड्दै गणतन्त्रमा आई सक्यौं । ग्लोबलाईजेशन र प्राइभेटाईजेशनको नाममा हामी अमेरिका र वेलायतको अर्थनीति अपनाउन पुगेका छौ । हाम्रा अर्थमन्त्रीले वीपी कोइरालाको त्यसवेला कार्यान्वयन गर्नु भएका चिन्तन र अर्थनीति सबै बिर्सेका छन् । तर, डा. बाबुराजीले सरकारको नेतृत्व गर्दै गर्दा जुन तिन खम्बे अर्थनीतिमा काम गर्नु भयो त्यो तिन खम्बे अर्थनीति वास्तवमा वीपी कोइरालाको अर्थनीतिनै हो । डा. बाबुरामले वीपी कोइरालाको तिन खम्बे अर्थनीतिको महत्व र त्यसको आवश्यता बुझेका रहेछन् तर हाम्रा अर्थमन्त्रीले बुझेका रहेनछन्

० काँग्रेसमा बिचलन आउँदा मुलुकमा कम्यूनिजमको प्रभाव बढ्को हो भनिन्छ नि तपाईलाई के लाग्छ ?
काँग्रेसमा बिचलन आउँदा देशमा कम्यूनिजमको प्रभाव बढेको हो भनेर ठ्याक्कै त भन्न मिल्दैन । जस्तै मैले अघि भने वीपी कोइरालाले जुन लक्ष्यकासाथ नेपाली काँग्रेसको विधान निमार्ण गर्नुभएको थियो अर्थनीति, राजनीतिक सोच र समाजवादको चिन्तन जुन उहाको थियो त्यसलाई विर्सिदै अग्रगामी बाटोमा हामी गयौं । त्यसैले गर्दा केही बीचलन काँग्रेसमा आएको महसुस गर्न सकिन्छ । त्यस्तै नेपालका कम्न्युष्टहरु यति सस्ता छनकी दलीत बस्तमिा गए दलित राज्य, जनजाती वस्तीमा गए जनजाती राज्य दिने नाममा राजनिति गर्छन । जस्तै माओवादीको दश वर्षे द्वन्द्वका बेला यो क्रमले निकै व्यपाकता पाएका थियो । त्यसैको परिणती हामीले आज भोग्दै छौं । मिठा नारा दिएर जनतालाई भुल्याउन एक पटक सकिएला पटक–पटक सकिदैन । २०६४ सालको निर्वाचनमा पहिलो दलको रुपमा आउको माओवादी अहिले तेस्रोमा पुगेको छ कारण झुठा आश्वासन र फोस्रा नारा वा भनौ सस्तो लोकप्रियताका कारणनै हो । आउने दिनहरुमा आजको स्थिति पनि रहन्छ कि रहदैन भन्ने केही ग्यारन्टी पनि छैन । अर्को एमालेलाई के कम्यूनिष्ट भन्नु बहुदलिय राजनीतिक प्रतिस्पर्धात्मक बीचारको वकालत गर्ने हसिया हथौडा भएको झण्डा बोक्दै कम्यूनिष्ट हो भन्दै हिड्ने । एमाले कम्यूनिष्ट हुदै होइन । माओवादी पनि बहुलबादमा आइसके ।

० १६ बुँदे सहिमति पछि देशमा संविधान बन्ने वातावरण बनेकै हो त ?

देशमा संविधान निमार्णका लागि १६ बुँदे सहिमतिले धेरै बाटो क्लियर गरेको छ । वास्तवमा यो १६ बुँदे सहिमति संविधानसभाको निर्वाचन अगाडि नै हुनु पथ्र्यो । जस्तै भारतमा पण्डित जवाहरलालको नेतृत्वमा संविधान बन्नु भन्दा अगावै आठ बुँदे अवधारणा बनेको थियो । दक्षिण कोरीयामा ३२ बुँदे अवधारणा बन्यो र संविधानसभाको निर्वाचन भयो । तो अवधारणा भित्र बसेर संविधान निर्माण गर्ने र कहिं कतैबाट झिना मसिना विवाद आए भने त्यस्ता विवादलाई मिलाउदै जाने । तर, हामी कहा कुनै अवधारणा छैनन । सबै दलका आ–आफ्ना अडानमा बस्ने अनि कसरी र कहीले बन्न सक्छ संविधान ? तर अहिले यो १६ बुँदे सहिमतिले संघियता, सिमाङ्कन, नामाकरण, शासकिय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालि को विषयमा टुङ्ग्याएको छ । समग्रमाभन्नु पर्दा यदि चार दल मध्य कुनै दलले दुर्भाग्य पूर्ण निर्णय गरेन भने यो १६ बुँदे सहिमतिले जुन बाटो खोलेका कारण देशमा संविधान घोषणा हुने संभावना बढेको छ ।

० भारतको गान्धी परिवारमा जस्तै नेपालमा पनि काँग्रेसमा परिवारवादका कारण नेतृत्व फेरीएको देखिदैन, परिवारवादबाट काँग्रेसको नेतृत्वले निकास पाउने संभावना अवको १३ औं महाधिवेशनबाट कतिको संभावना छ ?

कार्यकर्ताले कसैलाई चुन्यो भने त्यसलाई परिवारवाद भन्न अलि मिल्दैन किनकी नेपालको इतिहासमा दलका लागि त्याग तपस्या र बलिदानी गर्नेहरुको सूची खोज्यो भने औंलाम गन्न सक्ने अवस्था छ । अब समयका हिसाबले समयसँग–सँगै परिवर्तन हुँदै जाने हो । कार्यकर्ताले रुचाउन्जेल परिवारवादको कुरा भएन कार्यकर्ताले नै फेरी बनाउन सक्छ । कार्यकर्ताले रुचाएनन भने ठूलो भनाउँदा नेता पनि बाहरिन सक्छ । महाधिवेशनमा भोटिङ्गबाट निर्वाचित व्यक्तिलाइ हामीले परिवारवाद भन्ने कि न भन्ने कुरा हो । त्यसकारण समयले त्यो सबै चिजलाई चिर्दै जान्छ जस्तो मलाई लाग्छ ।

०अन्तमा ?
मुलुकमा अकल्पनीय रुपमा सिर्जना भएको महा विनाशकारी प्राकृतिक विपदबाट मृत्यु भएका हजारौ  नेपाली दाजु भाई प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरुको मृतआत्माको चिरशान्तिको कामना गर्दछु । साथै हाम्रो मुलुकमा महाभूकम्पका कारण भएको क्षति संगसंगै नेपालको पूर्ननिर्माणको लागि यहाँका जनताको पुर्नवासका लागि सरकारले विभेद रहित रुपमा कार्य सम्पादन गरोस भन्ने कामना गर्न  चाहन्छु ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031